लाल पर्सामा र सखुवा प्रसौनीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न
नेपालबहस संवाददाता
फागुन २८, २०७९ आइतबार १८:३६:५०
२८ फागुन, काठमाडौं । विश्व नारी दिवसको उपलक्ष्यमा पर्सा चिकित्सक श्रीमती सघ र फोर.जि.आर.सस्थाको समन्वयमा शनिबार वार्ड न ३० लाल पर्साको हेल्थ पोस्टमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सिविरमा ४०७ जना स्थानियको स्वास्थ्य परिक्षण भएको संघकी सचिव श्रीमती निशा सिंहले जानकारी दिए ।
शिविरमा मुख्यत बरिष्ठ फिजिसियन डा.निरज सिंह, डा.राम किशोर सिंह, बाल रोग बिषेशज्ञ डा.अशोक दास, स्त्री रोग विषेशज्ञ डा.दिप्ती यादव, दन्त रोग विषेशज्ञ डा सोनी झा ठाकुर, डा. प्रेरणा सिंह लगायतले उच्च रक्त चाप, मधुमेह, ग्यास्ट्रीक, दात सम्वन्धी रोग,महिला स्वास्थ्य तथा प्रजन्न सम्वन्धी रोग,बाल बलिकाहरुको स्वास्य परिक्षण भएको बताईएको छ ।
पर्सा चिकित्सक संघका अध्यछ श्रीमती नीता झाको अध्यक्षतामा भएको उक्त स्वास्थ्य शिबिरमा कोषाध्यक्ष लुना बनर्जि,सह सचिव पिया सिह, निभा दास र कल्पना भगतको उपस्थिथी रहेको सचिव श्रीमती निशा सिंहले जानकारी गराए ।
यसै बिच, पर्सा सखुवाप्रसौनी गाउँपालिकाको सिद्धपुरमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । न्यु त्रिलोकी क्लिनिक बिर्ता तथा रोेट्री क्लब आफ वीरगञ्जको आयोजना तथा श्री नेरा आधारभुत बिध्यालयको सहयोगमा भएको उक्त स्वास्थ्य शिबिरमा बालरोग बिशेषज्ञ डा.आनन्द कुमार झा, दन्तरोग बिशेषज्ञ डा. प्रेरणा प्रियादर्शनी, फिजिसियन शिव कुमार झा, स्त्री रोग बिशेषज्ञ डा. मिता महर्जन,नाक कान घाटी रोग बिशेषज्ञ डा. आमोद श्रेष्ठ, हार्डजोर्नी तथा नशारोग बिशेषज्ञ डा. सास्वत प्रसाद र किरण आखाँ अस्पतालको प्राबिधिक टोलीलगायतले ४५० जना भन्दा बढी स्थानियको स्वास्थ्य परिक्षण गरेको क्लिनिकका संचालक श्याम गुप्ताले जानकारी दिए।
शिक्षक तथा थारु अगुवा राजेन्द्र प्रसाद थारुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको सो शिबिरमा बिध्यालयका प्र.अ प्रदिप चौधरी तथा स्थानिय जनप्रतिनिधी लगायतको सहभागीता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार