शोधनान्तर बचत १ खर्ब ३३ अर्ब, चालु खाता घाटामा पनि सुधार
नेपालबहस संवाददाता
फागुन २८, २०७९ आइतबार १८:५६:२
२८ फागुन, काठमाडौं । चालु आर्थिक वर्षको ७ महिना सकिंदा माघमा शोधनान्तर बचत १ खर्ब ३३ अर्ब २१ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले आर्थिक वर्षको ७ महिनाको तथ्यांकको आधारमा मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा उक्त तथ्यांक सार्वजनिक गरेको हो ।
पुस मसान्तमा ९७ अर्ब १० करोड रहेको शोधनान्तर बचत माघ महिनामा मात्रै थप ३६ अर्ब ११ करोडले वृद्धि भएको हो । अमेरिकी डलरमा शोधनान्तर बचत १ अर्ब १ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।
आयातमा संकुचन र रेमिट्यान्स वृद्धि हुँदा बाह्य क्षेत्र निरन्तर सुधार हुँदै गएको छ । चालु आर्थिक वर्ष २०७९÷८० को सुरुको दुई महिना साउन र भदौमा घाटामा रहेको थियो । असोजपछि भने लगातार बचतमा रहेको छ ।
गएको आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोडले घाटामा रहेको थियो । माघ महिनामा उल्लेख्य मात्रामा शाेधनान्तर बचतमा सुधार भएकाे हाे ।
शोधनान्तर स्थितिमा मात्रै नभई चालु आर्थिक वर्षमा चालु खाता घाटमा पनि सुधार भएको छ । गत आर्थिक वर्षको ७ महिनामा ४ खर्ब ११ अर्ब ३४ करोड रहेको शोधनान्तर घाटा चालु आर्थिक वर्षको माघ मसान्तमा आउँदा २९ अर्ब ६४ करोडले मात्रै घाटामा रहेको छ ।
व्यापार घाटामा आएको ह्रास र रेमिट्यान्समा भएको एक चौथाई वृद्धिका कारण शोधनान्तर स्थित र चालु खातामा सुधार आएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
नेपाल र बङ्गलादेशबीचको खेलमा वर्षा बाधक
पुष ५, २०८१ शुक्रबार
अष्ट्रेलिया भ्रमणपछि विराट-रोहितको युगको अन्त्य !
पुष ५, २०८१ शुक्रबार
एमसीएमा हुने बक्सिङ डे टेस्टमा अष्ट्रेलियाको टोलीमा ठूलो परिवर्तन
पुष ५, २०८१ शुक्रबार
पर्यटकीय गाउँ सिक्लेस र मनोरम दृश्य
पुष ५, २०८१ शुक्रबार
केही प्रसारण लाइन मर्मत गर्न विद्युत कटौती गर्नुपरेको हो, लोडसेडिङ गरेको होइनः घिसिङ
पुष ५, २०८१ शुक्रबार