सिन्धुलीकाे बस दुर्घटनाकाे कारण ‘ब्रेक फेल’ !
नेपालबहस संवाददाता
फागुन २८, २०७९ आइतबार १९:३०:१७
२८ फागुन, काठमाडौं । आज बिहान सिन्धुलीको फिक्कल गाउँपालिका-४ स्थित कुइभीरमा भएको यात्रुवाहक बस दुर्घटनाकाे कारण ‘ब्रेक फेल’ भएको दाबी गरएको छ । ब्रेक फेल भएपछि चालकले बसलाई सुनकोशी नदीमा खस्न नदिन भित्तामा ठोक्काएको दाबी गरिएको छ ।
ओखलढुंगाको रुम्जाटारबाट काठमाडौंतर्फ आइरहेको बा २ ख ६५९६ नम्बरको उक्त बस बिहान सवा ९ बजेतिर पहरोका भित्तामा बायाँ भाग ठोक्किँदा बसको क्षतिग्रष्त हुन पुगेको थियो । जसका कारण ३ महिला र ३ पुरुष गरी ६ जनाको ज्यान गएको छ। ३० जनाको उपचार भइरहेको छ । बसमा झण्डै ४० जना सवार रहेको पाइएको छ ।
‘ब्रेक फेल’पछि अनियन्त्रित भएको बसलाई चालकले सडक भित्तापट्टिको पहरोमा ठोक्काएको प्रत्यक्षदर्शीले बताएकाे प्रहरीकाे दाबी छ । ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । बसले च्यापेका कारण एक जनाको शव निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते ६ जनालाई हेलिकोप्टरमार्फत काठमाडौं पठाउने प्रयास भइरहेको जनाइएको छ । मृतकहरुको पनि सनाखत भइसकेको छैन । मृतकहरुको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार
हत्या गरिएको अवस्थामा युवकको शव भेटियो
माघ ८, २०८१ मंगलबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार