सैनिक कारबाहीमा तीन जना प्यालेष्टिनीको मृत्यु
नेपालबहस संवाददाता
फागुन २८, २०७९ आइतबार १९:२८:३६
२८ फागुन, एजेन्सी । सैनिक कारबाहीमा तीन जना प्यालेष्टिनी बन्दुकधारी मारिएका छन् । नाब्लस नजिकैको उत्तरी वेस्ट बैंकमा इजरायली सैनिकमाथि गोली प्रहार गरेपछि भएको प्रतिकारमा ती प्यालेष्टिनी मारिएका इजरायली सेनाले जनाएको छ ।
“तीन जना बन्दुकधारीले सैनिक अधिकारीमाथि गोली प्रहार गरेपछि उनीहरूलाई निष्प्रभावी तुल्याउन जवाफी कारबाही गरिएको थियो । त्यसक्रममा तीन जना मारिएका तथा एक जना बन्दुकधारीले आत्मसमर्पण गरेको छ,” इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
गत वर्षदेखि इजरायल र प्यालेष्टाइनबीच पुनः द्वन्द्व चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुल दक्षिणपन्थी दलहरूको सहयोगमा गत डिसेम्बरमा सत्ता गठबन्धन गरेपछि वेस्ट बैंकको अवस्था ज्यादै खराब भएको छ । यो वर्षको प्रारम्भदेखि भड्किएको द्वन्द्वमा परी बालबालिकासहित ८१ जनाको मृत्यु भएको छ ।
दुवै पक्षका आधिकारिक स्रोतमा आधारित एएफपीको तथ्याङ्कअनुसार सोही अवधिमा तीन जना बालबालिका र एक प्रहरीसहित १२ जना इजरायली र एक जना युक्रेनी नागरिक मारिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
तिब्बतमा भूकम्पपछि एकहजार २११ परकम्पन
पुष २५, २०८१ बिहिबार
अमेरिकाको लस एन्जलस डढेलोमा परी पाँच जनाको मृत्यु, एक हजार भन्दा बढी घर जलेर नष्ट
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार