च्याउको बजार खोज्दै तुलसा
नेपालबहस संवाददाता
फागुन २८, २०७९ आइतबार २०:३:३१
२८ फागुन, दाङ । गरे के हुँदैन ? भन्ने भनाइ नेपाली समाजमा निकै सुनिन्छ । तर काम गरेर देखाउनेको सङख्या भने निकै कम हुन्छ । तर सामान्य काममा पनि निरन्तरको मेहनत र लगाव हुने हो भने स्वदेशमै पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ दाङ तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरकी ५८ वर्षे तुलसा बुढा मगर ।
पछिल्लो डेढ दशकदेखि च्याउखेती गरिरहेकी मगरले हाल वार्षिक यसैबाट रू आठ लाखसम्म बचत गर्छिन । चौध वर्ष स्वयम्सेविकाका रुपमा विभिन्न जिल्ला पुगी सेवा गरेकी उनले चितवन च्याउखेती देखेपछि आफू यो खेतीतर्फ आकर्षित भएको बताउछिन ।
दुई सन्तानकी आमा मगरलले शिक्षाका नाममा सामान्य लेखपढ मात्रै गरेकी छिन, भने व्यवसायमा श्रीमानको राम्रो साथ पाएकी छिन । च्याउखेतीबाट राम्रो आम्दानी गरिरहेकी उनले केन्द्रीयस्तरका धेरै पुरस्कार समेत प्राप्त गरिसकेकी छिन । गत वर्ष पनि उनलाई तुलसीपुर उपमहानगरपालिले पनि उनलाई उत्कृष्ट महिला उद्यमीका रुपमा पुरस्कृत गरेको थियो ।
“धेरै महिला तथा पुरुष अहिले बेरोजगारी भए भन्दै विदेश जानुहुन्छ, तर स्वदेशमै पनि केही गर्न सकिन्छ”, उनले भनिन, “गाउँमै पनि थोरै लगानीमा आयआर्जनमूलक व्यवसाय गर्न सकिन्छ ।” उनले च्याउ बिक्रीबाट हालसम्म आफूले लाखाँै रकम बचत गरी पक्की घर तथा सम्पत्ति जोडिसकेकी छिन ।
विगत डेढ दशकदेखि च्याउखेतीमा संलग्न उहाँले अहिले च्याउ उद्योगमा चार जनालाई रोजगारी दिइन । एक सफल उद्यमी महिलाको रुपमा स्थापित भएकी मगरले उत्पादन गर्ने च्याउबाट अचार, सुकुटीलगायतका उत्पादन दाङ तथा जिल्ला बाहिर पनि जाने गरेको छ ।
“अबको चाहना आफूले उत्पादन गरेको सामग्री अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने हो”, उनले भनिन, “यसका लागि सबैको सहयोग आवश्यक छ ।” अहिले ताजा च्याउप्रति प्रतिकेजी रू दुई सयदेखि रू दुई सय बीससम्म बिक्री गर्छिन । साथै च्याउको सुकुटी प्रतिकेजी रू तीन सयदेखि तीन सय ८० सम्म र च्याउको अचार प्रतिकेजी पाँच सयदेखि ६ सयसम्म बिक्री गदै आएकी छिन। अहिले च्याउको सिजन भएकाले पनि उनको उद्योगमा च्याउ खरिद गर्ने जानेको सङ्ख्या बढ्दो छ । उहाँ बिहानैदेखि बेलुकासम्म च्याउ बिक्रीमै व्यवस्त देखिन्छिन।
सुरुका दुई वर्षसम्म गङ्गामाला समूह खोलेर च्याउखेतीको सुरुआत गरेकी उनले हाल आफनै च्याउ प्रशोधन केन्द्र समेत सञ्चालन गरेकी छिन । रू तीन लाखबाट निजी च्याउ उद्योगको सुरुआत गरेकी उनले हालसम्म च्याउखेतीबाट गरेको आम्दानीले रू एक करोड मूल्य बराबरको पक्की घर खरिद तथा च्याउखेतीका लागि आवश्यक सामग्री खरिद गरेकी छिन ।
त्यसैगरी उनलाई उत्कृष्ट महिला उद्यमी भनि साना तथा मझौला उद्योगबाट निःशुल्क रुपमा च्याउ प्रशोधन मेसिनसमेत प्राप्त भएको छ । “अहिले आफनै च्याउ उद्योग तथा प्रशोधन केन्द्र सञ्चालनमा ल्याएकी छु । यसबाट पनि सफल भए जिल्लाका अन्य स्थानमा च्याउखेतीको तालिम दिन जाने योजना बनाएकी छु ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानको आकर्षण बढ्दो
पुष २२, २०८१ सोमबार
माघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ
पुष २१, २०८१ आइतबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार