ब्रिटेनकी राज्यमन्त्रीलाई ग्रेटर नेपालको आधा दर्जन प्रश्न
नेपालबहस संवाददाता
फागुन २८, २०७९ आइतबार २१:२२:२८
२८ फागुन, काठमाडौं । ग्रेटर नेपालले नेपाल भ्रमणका क्रममा बेलायतकी परारष्ट्र मामिला तथा कमन वल्थ राज्यमन्त्री अन्ने मेरी ट्रेभेल्यानलाइ सुगौतीसन्धीबारे केहि प्रन गरेको छ । सुगौलीसन्धिबाट नेपालले ब्रिटेनलाई सुम्पेको ६० हजार वर्ग किलोमिटर जमिन आजसम्म ब्रिटेनले फिर्ता नगर्नुको कारण सोधेको छ ।
नेपाल र ब्रिटेनबीच सन् १९२३ डिसेम्बर २१ मा भएको सन्धिको शत वार्षिकीका अवसरमा नेपाल आएकी संयुक्त अधिराज्य ब्रिटेनकी परराष्ट्र मामिला तथा कमन वेल्थ राज्यमन्त्री अन्ने मेरी ट्रेभेल्यानलाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले ब्रिटेनको राजदूतावासमार्फत् पाँच बुँदे पत्र पठाएको जनाएको छ ।
सन् १९४७ जुलाई १८ मा ब्रिटेनले आफ्नो संसदद्वारा Indian Independence Act पारित गरी १९४७ अगस्त १४ र १५ मा पाकिस्तान र इन्डियाको निर्माण गर्दा नेपालको भूमि नेपालको कुनै सहमतिबिना इन्डियामा छाड्नुको कारण माग्दै मोर्चाले राज्य मन्त्री अन्ने मेरीसँग आधा दर्जन प्रश्न गरेको छ ।
१९५० अक्टोबर ३० मा भएको नेपाल (ब्रिटेन सन्धिको धारा ८ ले सुगौली सन्धि रद्द गरे पनि त्यो जमिन आजका मितिसम्म इन्डियाको उपनिवेशमा रहेकोमा मोर्चाले सोधेको छ, सन्धिमा सही गर्ने तर त्यसको पालना नगर्ने हो भने सन्धि गर्नुको औचित्य के ? के ब्रिटेनले नेपाली भूमिमाथिको उपनिवेश १९४७ अगस्त १५ मा इन्डियालाई हस्तान्तरण गरेको हो ? के उपनिवेश हस्तान्तरण हुन्छ ? स्वतन्त्र मुलुक नेपालको जमिन नेपालको लिखित सहमतिबिना ब्रिटेनले इन्डियालाई जिम्मा लगाउन मिल्छ ? उपनिवेशको पीडा हामीले कहिलेसम्म भोगिरहने ? त्यो जमिन हामीले कहिलेसम्ममा फिर्ता पाउँछौँ ? ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले ब्रिटेनले यी प्रश्नहरूको जबाफ दिनुपर्छ भन्ने माग ब्रिटेनकी राज्यमन्त्रीसँग गरेको छ ।
पत्रको बोधार्थ अफगानिस्तान , बङ्गलादेश, भुटान, इन्डिया, चीन, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काका परराष्ट्र मन्त्री तथा सार्क सचिवालयलाई समेत दिइएको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले वारम्वार ज्ञापनपत्र बुझाए पनि ब्रिटेनले कुनै प्रतिक्रिया नदिएको विषयमा सोध्दा मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले यसो गरेर मोर्चाले सुगौली सन्धिको मुद्दालाई मर्नबाट बचाएको र सरकारका निम्ति पृष्ठभूमि र वातावरण बनाइदिएको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार