चापाकोटका किसानले गरे सामूहिकरुपमा आलु उत्पादन
नेपालबहस संवाददाता
फागुन २८, २०७९ आइतबार २०:२७:४८
२८ फागुन, वालिङ । स्याङ्जाको चापाकोट नगरपालिकाका किसानले सामूहिकरुपमा आलु उत्पादन गरेका छन् । जिल्लाकै समथर र आलु उत्पादनका दृष्टिले उर्वरभूमि चापाकोटका किसानले समूहमार्फत लगाएको आलु यतिबेला भित्र्याउने बेला भएको छ । चापाकोट नगरपालिकाका–८, ९ र १० का विभिन्न ठाउँमा सामूहिक रुपमा आलु खेती गरिएको हो ।
एक्ला एक्लैभन्दा पनि सामूहिकरुपमा आलु खेती गर्दा काम गर्न पनि सहज हुने भएकाले समूहमार्फत आलु खेती गरिएको चापाकोट–९ को बेल्चौर शीतलटार किसान समूहका संयोजक रामु बस्यालले बताए ।
“गाउँघरमा कामदार पाउन समस्या हुने भएकाले पनि खेती गर्न कठिनाइ हुन्थ्यो”, उनले भने, “समूहमार्फत गर्दा काम गर्न सहज हुनुका साथै सीप तथा विधिकाबारेमा ज्ञान हस्तान्तरण भएको छ ।” समूहमार्फत पहिलो पटक चार रोपनी क्षेत्रफलमा चार सय ५० केजी आलुको बिउ लगाइएको उनले बताए ।
समूहमा ५२ जना रहे पनि आलु खेतीमा २२ जना किसान प्रत्यक्ष सहभागी भएका हुन् । “सिँचाइ पर्याप्त हुन नसक्दा यसपटक अपेक्षा गरिए बमोजिम उत्पादन लिन सकेनौँ”, बस्यालले भने, “एक हजार एक सयकेजीभन्दा धेरै उत्पादन गरेका छौँ अब त्यसलाई समूहमार्फत बिक्री गरी आम्दानी बाँधेर राख्छौँ ।”
एक्लाएक्लै काम गर्दाभन्दा समूहमार्फत काम गर्दा धेरै सजिलो भएको महसुस बेल्चौर शीतलटार आमा समूहकी अध्यक्ष ईश्वरी बस्यालको पनि छ । “धेरै पहिलेदेखि नै आलु घर–घरमा लगाउँथ्यौँ”, उनले भनिन, “समूहमार्फत गर्दा आधुनिक प्रविधि तथा सीपबारे जान्ने मौका मिल्यो, काम गर्नका लागि मान्छेको कमी भएको महसुस भएन ।”
त्यस्तै चापाकोट १० का विभिन्न ११ टोलमा ३५÷४० जनाको समूह बनाएर सामूहिकरुपमा आलु खेती गरिएको कार्यपालिका पूर्वसदस्य सूर्य माझीले जानकारी दिइन । चापाकोट नगरपालिकाका १० नं वडामा मात्रै महिला दिदीबहिनीको सहभागितामा ११ समूह बनाएर आलु खेती गरिएको थियो ।
“आलु पकेट क्षेत्र बनाउने गरी यसअघि नै काम गरिएकोमा पुरानो र नयाँ समूह मिलाएर आलु खेती गरेका हौँं”, उनले भनिन, “चापाकोट १० मा मात्रै डेढसय रोपनीमा करिब ६ टन आलुको बिउ लगाइएको छ ।” चापाकोट वडा नं ८ मा पनि सामुहिकरुपमा आलु खेती गरिएको वडाध्यक्ष टोपलाल न्यौपानेले बताइन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानको आकर्षण बढ्दो
पुष २२, २०८१ सोमबार
माघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ
पुष २१, २०८१ आइतबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार