राज्यले द्वन्द्वकालीन विषयमा जबर्जस्त गर्न खाेज्दैछ : विप्लव
नेपालबहस संवाददाता
फागुन २८, २०७९ आइतबार २१:७:४४
२८ फागुन, काठमाडौं । नेकपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राज्यले द्वन्द्वकालीन मुद्दालाई बोकेर माओवादी नेता कार्यकर्ताहरुलाई जबर्जस्त जेल हाल्ने काम गरेमा आफूहरु चुप नबस्ने बताएका छन् ।
द्वन्द्वकालीन घटनाका विषयमा तत्कालीन विद्रोही पक्षका नेतृत्व समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दा विचराधीन रहेको बेला माओवादीका ९ घटकहरुले आइतबार काठमाडौंमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै महासचिव विप्लवले राज्यले खाली माओवादीलाई सिध्याउनेबारे सोच्ने काम गरे आफूहरु जस्तोसुकै तहका प्रतिवाद गर्ने बताए ।
राष्ट्रिय स्वाधीनता र नागरिकलाई पूर्ण अधिकार दिने एजेण्डामा मुलुकमा १० वर्षसम्म माओवादीको नेतृत्वमा सशस्त्र द्वन्द्व चलेको बताउँदै त्यो कुरा विस्तृत शान्ति सम्झौतामा उल्लेख भएनुसार राज्यले लागू नगरेको बताए ।
सम्झौता पूर्णरुपमा कार्यान्वयन नभइरहेको अवस्थामा राज्यले फेरि द्वन्द्वका एकाध घटनालाई बोकेर नेता कार्यकर्तालाई जेल हाल्ने काम गरे मुलुकमा थप द्वन्द्व चल्ने र त्यसको जिम्मेवारी राज्यले लिनुपर्ने उनको भनाइ छ ।
नागरिक दिनदिनै नाफाखोर र मिटरब्याजीहरुको चरम शोषणमा परेर सडकमा शरीरमा आगो लगाएर मृत्युको बाटो लिइरहेको विषयमा ध्यान नदिएर द्वन्द्व बल्झाउने र मुठ्ठीभर दलालहरुलाई लाभ पुर्याउने काममा लागेको आरोप लगाए ।
अधिकारका लागि चलाएको संघर्ष पूरा हुन बाँकी नै रहेको बताउँदै मुलुकलाई स्वाधीन बनाउने र जनतालाई पूर्णअधिकार दिलाउने विषयमा अदालतलाई देखाएर जबर्जस्त गर्न खोजिए त्यसलाई ठेगान लगाउने तागत आफूहरुसँग रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी भदौमा विधान अधिवेशन गर्ने एमालेको निर्णय
माघ ८, २०८१ मंगलबार
राष्ट्रिय ‘एआई’ नीति दीर्घकालीन र प्रभावकारी बनाउँछौँ : मन्त्री गुरूङ
माघ ८, २०८१ मंगलबार
यो सरकार स्थायित्व र नागरिकको पक्षमा काम गर्न बनेको हो : उपप्रधानमन्त्री सिंह
माघ ८, २०८१ मंगलबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार