रोहित र ललितको उत्कृष्ट प्रदर्शनमा युएईमाथि नेपालको फराकिलो जित
नेपालबहस संवाददाता
फागुन २८, २०७९ आइतबार २१:३२:१२
२८ फागुन, काठमाडौं । आईसीसी विश्वकप लिग-२ मा नेपालले युएईमाथि फराकिलो जित निकालेको छ। युएईमाथि १७७ रनको फराकिलो जित निकाल्दै नेपालले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता समेत जोगाएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगसालामा आज भएको खेलमा २४९ रनको लक्ष्य पाएको युएईले २२।५ ओभरमा अलआउट हुँदै ७१ रन मात्र बनाउन सक्यो। पहिलो ओभरमा नेपालका लागि ललित नारायण राजवंशीले पहिलो विकेट लिएपछि युएईको विकेट झर्ने क्रम जारी रह्यो।
युएईका लागि आयान खानले सर्वाधिक २९ रन बाहेक अरु ब्याट्सम्यानहरुले दोहोरो अंक जोड्न सकेन। नेपालका लागि बलिङमा ललितले ५ तथा सन्दीप लामिछानेले २ विकेट प्राप्त गरे।
यसअघि टस जितेर ब्याटिङमा उत्रिएको नेपालले ४९।२ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै २४८ रन जोडेको थियो। पहिलो विकेटका रूपमा दोस्रो ओभरमा नेपालले ओपनिङ ब्याट्सम्यान आसिफ शेखलाई शून्य रनमा पहिलो विकेट गुमाएको थियो।
तर, कप्तान रोहित कुमार पौडेलले दबाबपूर्ण स्थितिमा ७७ रनको बहुमूल्य अर्धसतकिय पारी खेली आउट भए। यस्तै आरिफ शेखले ४३ तथा दिपेन्द्र सिंह एरिले ३४ रन जोडे। युएईका लागि बलिङमा रोहन मुस्तफा, आयान खान, आर्यन लक्रा र जाहुर खानले समान २(२ विकेट लिएका थिए।
नेपालले शृङ्खलाको दोस्रो खेल भोलि पपुवा न्युगिनी सँग खेल्नेछ। नेपालले अबका दुई खेलमा जित निकाले जिम्बावेमा हुने एकदिवसीय विश्व कपको छनौट खेल्न पाउनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीले जित्यो
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
जय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार