जुम्लाका सुत्केरीलाई बर्थिङ सेन्टर पुग्नै सास्ती
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
फागुन २८, २०७९ आइतबार २१:५२:१८
![](https://nepalbahas.prixacdn.net/media/albums/sutkeri-1_SYmtZe93iW.jpg)
२८ फागुन, जुम्ला । जुम्लाका सुत्केरी महिलालाई बर्थिङ सेन्टर टाढा हुँदा नियमित जाँचमा सास्ती हुने गरेको छ । बर्थिङ सेन्टर गाउँबाट टाढा हुँदा जिल्लाकोे तिला गाउँपालिका–७ का महिलालाई सास्ती हुने गरेको हो ।
ग्रामीण भेगमा यातायातको असुविधा छ । त्यसैले सुत्केरीलाई बर्थिङ सेन्टर जान समस्या हुने गरेको छ । उनीहरु घरमै सुत्केरी हुने गरेका छन् । “नजिक बर्थिङ सेन्टर छैन, टाढाका स्वास्थ्य संस्थामा जान यातायातको असुविधा छ”, तिला–७ पोखरी गाउँकी २६ वर्षीया आशा रोकायाले भनिन, “बाटो भिरालो छ, बोकेर लैजान सकिँदैन ।”
गर्भवती भएको अवस्थामा पटकपटक स्वास्थ्य जाँच गराउनुपर्ने हुन्छ । स्वास्थ्य संस्थामा सुत्केरी गराएबापत सरकारले पोषण भत्ताको सुविधा दिएको छ । तर यहाँका महिला घरमै असुरक्षितरुपमा सुत्केरी हुँदा उक्त सुविधाबाट पनि वञ्चित भएका छन् । सडकको ट्र्याक खोल्ने काम भर्खर हुँदैछ । पोखरी गाउँदेखि दुई घन्टाको दूरीमा घोडेगाउँ स्वास्थ्यचौकी रहेको छ । त्यहाँ बर्थिङ सेन्टर भए पनि भौगोलिक विकटताका कारण सुत्केरीलाई पुग्नै सकस हुन्छ ।
तिला–६, ७, ८ र ९ वडामा सडक निर्माण गरिए पनि यातायातका साधन पुग्न सकेका छैनन् । रारा सेरीस्थित तिला नदीमा पक्की पुल निर्माणाधीन अवस्थामा छ । पुल बनेपछि मात्र ती वडा सडक सञ्जालसित जोडिने तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायले भने । गाउँमा सडक सञ्जाल विस्तार भएपछि बर्थिङ सेन्टर पहल गरिने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार