ठेकेदारलाई यातायातमन्त्री श्रेष्ठकाे प्रश्न : टेकुमा एउटा पुल छ, त्यो राज्यले जिम्मा लिन मिल्छ ?
नेपालबहस संवाददाता
फागुन २८, २०७९ आइतबार २२:३०:५०
२८ फागुन, काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले नियमसंगत तरिकाले निर्माण भएका पुल, सडकको भुक्तानी सरकारले तत्काल दिने बताएका छन् ।
उनले आइतबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४औं साधारण सभा समुद्घाटन समारोहलाई सम्बोधन गर्दै निर्माण व्यवसायीहरुले जिम्मा लिएर समयमै काम पूरा गर्ने ठेकेदारहरुको भुक्तानीमा ढिलाइ नगरिने आश्वसन दिए ।
उनले कामको जिम्मा लिने तर समयभन्दा ढिलाई गरेर ‘के के गर्न’ खोजिए त्यो साहय नहुने बताए । उनले टेकुमा रहेको नयाँ पुलकोा जिम्मा सरकारले नलिनेसमेत स्पष्ट पारे । निर्माण पूरा भएको केही दिन वा हप्तामै भत्किने पिच, ढल्ने पुल तथा पहिरो लाग्ने सडकको जिम्मा सरकारले नलिने पनि स्पष्ट पारे । उाले निर्माण सम्पन्न भएको बाटाघाटा बुझाउन नपाई भत्किने सम्मनका बदमासी देखिएको भन्दै त्यस्ता ठेकेदारहरुलाई कारबाही गर्ने चेतावनी दिए ।
‘टेकुमा एउटा पुल छ, जुन नियमसंगत नै छैन, त्यसलाई बुझाउन खोजेर हुन्छ, अनि सरकारले त्यो पुल जिम्मा लिन मिल्छ ?’ उनले प्रश्न गरे ।
टेकुस्थित विष्णुमति नदीमाथि ठेकेदार कम्पनी पप्पु कन्ट्रक्सनले ४ वर्ष पहिले सम्पन्न गरेको भनिएको मोटरेबल पुल परीक्षणका क्रममा सवारीसाधन चलाउनै नमिल्ने तहसम्मको कच्चा पाइएपछि अहिले अलपत्र अवस्थामा छ ।
सोही कम्पनीले ठेक्का लिएर बनाउन सुरु गरिएको कोटेश्वर तिनकुनेस्थित बाग्मती नदीमाथिको पक्की पुलमा बदमासी पाइएपछि भत्काइएको छ । मन्त्री श्रेष्ठले निर्माण व्यवसायीहरुले निर्माणको कामको जिम्मा लिएर राज्य र नागरिकको करमाथि क्षति पुर्याउन गर्ने अपराधलाई कानूनबमोजिम कारबाही गरेरै छाड्ने बताए ।
उनले नियम सम्झौताबमोजिम भएका कामका भुक्तानी रोक्ने पक्षमा सरकार एक सेकेन्ड नरहेको बताए । ‘सम्झौताबमोजिम, जनताले तिरेको करको सदुपयोग भएको भने त त्यसको भुक्तानी किन रोकेर राख्ने, दिइहालौं न’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
म्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसंघ
मंसिर २७, २०८१ बिहिबार
सुडानको डार्फरमा भएको हिंसात्मक आक्रमणप्रति डब्लुएचओ प्रमुखद्वारा चिन्ता व्यक्त
मंसिर २७, २०८१ बिहिबार
कोरियाली राष्ट्रपतिबिरूद्द दोस्रो महाअभियोग प्रस्ताव, सत्तारूढ नै सकारात्मक
मंसिर २७, २०८१ बिहिबार
३३ अंकले घटेर २७ सय तल झर्यो नेप्से, कारोबार भने १ अर्ब ९ करोडले बढ्यो
मंसिर २७, २०८१ बिहिबार
स्याङ गाउँमा अवस्थित झोङ न घाङ ‘शान्ति पार्क’
मंसिर २७, २०८१ बिहिबार
विश्वविद्यालयका डिन र क्याम्पस प्रमुखको नियुक्तिमा मैले हस्तक्षेप गरेको छैनः प्रधानमन्त्री
मंसिर २७, २०८१ बिहिबार