शैक्षिक सङ्ग्रहालयले विद्यार्थी र शिक्षक दङ्ग
नेपालबहस संवाददाता
फागुन २९, २०७९ सोमबार १७:४२:८
२९ फागुन, रामपुर ‘पाल्पा’ । आधुनिकताको प्रभावले पुराना सामग्रीको प्रयोग बिर्सदै जाने गरिएको छ । अहिलेको परिस्थितीमा पहिले गाउँघरमा दैनिक चलनचल्तीमा आउने सामग्री हिजोआज खासै देख्न पाइँदैन ।
आधुनिक वस्तुको प्रयोग बढ्न थालेपछि पुर्खौली सामान गाउँघरबाटै लोपोन्मुख अवस्थामा छ । हिजोका दिनमा दैनिकजसो सबैका घर घरमा प्रयोगमा ल्याइएका सामग्री लोप हुँदै गएपछि अहिले सङ्ग्रहालयमा मात्रै सीमित हुन पुगेको छ । परम्परागत वस्तुको ठाउँमा आधुनिक खालका सामग्री खरिदमा उपभोक्ता आकर्षित हुँदै गएपछि गाउँघरमा पुर्खौली सामग्री देख्न मुस्किल परेको छ ।
अहिलेका बालबालिका ठेको, ठेकी, माना, पाथी, सेखु, हलो जुवाँबारे जानकार छैनन् । गाउँमा यी वस्तुको प्रयोग हराउँदै गयो । पुराना पुस्ताले यसैबाट दैनिकरुपमा भोगचलन गरी जीवन बिताए पनि अहिलेका पुस्ता परम्परागत वस्तुबारे अनविज्ञ छन् । आधुनिक प्रविधिको विकास, प्लाष्टिकजन्य, स्टिलजन्य सामग्रीको प्रचलन बढ्न थालेपछि पुर्खौली सामग्री लोप हुदै गएका हुन् ।
माना, पाथी, हलो, जुवाँ, डोको, नाम्लो, ठेका, ठेकीलगायतका पुराना सामग्रीबाट अहिलेका पुस्ता अनविज्ञ नहुन् भनेर पाल्पाको एक विद्यालयले सङ्ग्रहालयमा संरक्षण गरिरहेको छ । पाल्पा रामपुरस्थित सीताराम माध्यमिक विद्यालयमा पुराना प्रचलनमा आएका विभिन्न सामग्री, तामाका भाडा, पुराना पैसा सुरक्षित साथ सङ्ग्रहालयमा राखिएका छन् । यहाँका विद्यार्थीले दैनिक प्रयोगमा आउने पुराना सामग्रीको जानकारी लिने गरेका छन् ।
सङ्ग्रहालयभित्र तामाबाट बनेका कचौँरा, माना, करुवा, काठको आरी, हलो, जुवाँ, , फुर्लुङ, सेखु, भोटेताल्चा, रोटी राख्ने डोको, ठेका, ठेकी, पुराना पैसा, लालटिन, ढिँकी, जाँतो, दाउँ, हातहतियार, मदाने, मधुशलगायतका विभिन्न थरीका सामग्री रहेको प्रधानाध्यापक हरिप्रसाद अधिकारी बताउछन ।
“पुराना सामग्री गाउँघरमा अहिले कतै नपाइने भएकाले विभिन्न विद्यालयबाट शैक्षिक अवलोकन गर्न आउनुहुन्छ”, उनले भने, “हामीले कक्षा शिक्षणमा बेला बेलामा सङ्ग्रहालयमा लगेर विभिन्न सामग्री देखाउने र त्यसको प्रयोगबारे जानकारी दिने गरेका छौँ, यसले शिक्षण कार्यमा राम्रो प्रभाव पारेको छ” ।
स्वास्थ्य, नेपाली, सामाजिक विषयसँग सम्बन्धित सामग्री भएकाले शिक्षण कार्यमा धेरै सहयोग पुगेको कक्षा १० मा अध्ययनरत छात्रा दिव्या नेपाली बताउछिन । शिक्षण कार्यमा सघाउँ पुगोस् र नयाँ पुस्तालाई पुराना वस्तुबारे अवगत गराउन, गाउँघरबाट लोपोन्मुख भएका सामग्री संरक्षण गर्ने उद्देश्यले विद्यालय परिसरभित्र सङ्ग्रहालमा राखिएको हो । आफूले पढ्ने विषयसँग मिल्दाजुल्दा सामग्री सङ्ग्रहालयमा उपलब्ध भएपछि अन्यत्र खोजीनीतिका लागि भौतारिनुपर्ने अवस्था नरहेको कक्षा १० कै छात्रा अनिषा सुनारले बताइन।
“कक्षा शिक्षणको क्रममा आवश्यक पर्ने शैक्षिक सामग्री खोज्न गाउँ–गाउँमा पुग्न परेन, सङ्ग्रहालयभित्र पसेपछि सबै सामग्री उपलब्ध छन्, यसले बाहिर खोज्ने समय पढाइमा खर्चन पाइएको छ”, उनले भनिन । पुराना वस्तु देख्न पाइने हुँदा सिकाइलाई सहजीकरण, प्रयोगात्मक कक्षालाई सहज, विद्यार्थीलाई बेलाबेलामा सिक्ने र सिकाउने वातावरण सजिलो बनेको छ । पहिले घरमा दैनिक प्रयोगमा आएका तर अहिले प्रयोग हुन छाडेका सामग्रीबारे जानकारी पाएपछि अवलोकनमा आउने विद्यार्थी, शिक्षक दङ्ग पर्छन् ।
आधुनिकताको नाममा पुराना कुरा अहिलेका पुस्ताले बिर्सदै जान थालिएपछि गाउँघरबाट सामग्री सङ्कलन गरेर विद्यालयभित्रै सङ्ग्रहालयमा राख्न थालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद आचार्य बताउछन ।
एक वर्षमा विभिन्न स्थानमा गरी एक दर्जन जति विद्यालय यहाँको सङ्ग्रहालय अवलोकन गर्न आउने गरेको पाइएको छ । यहाँ विसं २०६५ देखि नै सङ्ग्रहालय बनाएर सामग्री संरक्षण गरेर राखिएको हो । सङ्ग्रहालय बन्नुअघि विद्यालयले एउटा कोठामा सामग्री सङ्कलन गरेर राख्ने गरेको थियो । यस विद्यालयमा पुराना सामग्री हेर्ने र जानकारी लिन पाइने भएकाले शैक्षिक अवलोकन भ्रमणमा शिक्षक, विद्यार्थीको रोजाइमा पर्ने गरेको छ ।
सैद्धान्तिक सिकाइमात्र नभई विद्यार्थी जीवनमा प्रयोगात्मक र व्यवहारिक शिक्षा आजको आवश्यकता छ । विद्यालय प्रवेशद्वारभित्र पुगेलगत्तै गोलाकार घरभित्र ‘सङ्ग्रहालय’ सजाएर राखिएका विभिन्न सामग्रीले लोभ्याइरहेको हुन्छ । यहाँ रहेका सामग्रीलाई विद्यालय नजिकै निर्माण भएको लक्ष्मीनारायण धर्मशाला ‘गुठी’ मा राख्ने विषयमा पनि सरोकारवालाबीच छलफल भइरहेको छ । यस क्षेत्रमा धार्मिक धर्मशाला पुनःनिर्माण भएकाले सो धर्मशालालाई स्थानीय सरकारले सङ्ग्रहालयका रुपमा प्रयोग गर्ने जनाएको छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार