पाथीभरामा थप हेल्थ डेस्क स्थापना गर्ने तयारी
नेपालबहस संवाददाता
फागुन २९, २०७९ सोमबार १७:५६:३४
२९ फागुन, फुङ्लिङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा ‘मुकुम्लुङ’ दर्शन गर्ने भक्तजनको लागि थप ‘हेल्थ डेस्क’ स्थापना हुने भएको छ । पाथीभरा मन्दिरमा दर्शन गर्न आउने तीर्थयात्रीको सहजताको लागि हेल्थ डेस्क स्थापना गर्न लागेको हो ।
पाथीभरा पदमार्गको दोबाटो पानी ट्याङ्की आसपासमा एक र तीन हजार सात सय ९४ मिटर उचाइको पाथीभरा मन्दिरमा एक गरी दुई थप हेल्थ डेस्क स्थापना गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईले बताए ।
अहिले पाथीभराको ठूलो फेदीमा स्वास्थ्यकर्मी र औषधिसहितको हेल्थ डेस्क सञ्चालनमा भइरहेको छ । अस्पताल, नेपाली सेनाको यहाँस्थित भीमकाली गुल्म, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नं १ गुल्मसहितको सहयोगमा तीर्थालुको चाप बढी हुने समय अवधिभर थप हेल्थ डेस्क सञ्चालनमा ल्याउने तयारी भएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले बताए । पाथीभरा क्षेत्रमा सञ्चालनमा रहेको होटलमा आवास तथा खानाको सहुलियतपूर्ण मूल्य निर्धारणसमेत गरिएको छ ।
मन्दिर क्षेत्र र त्यहाँको आवास प्रबन्धसहितको जानकारी दिन सदरमुकाम फुङ्लिङमा सूचना केन्द्र सञ्चालनमा ल्याउने तयारीसमेत गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा
भदौ ३०, २०८१ आइतबार
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
भदौ २९, २०८१ शनिबार
हीरापाटाका एक सय ५० घरमा ‘एक घर–एक धारा’
भदौ २६, २०८१ बुधबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार