माओवादी केन्द्रको मधेश कमिटीमा विवाद चकिँदै, कमिटीकाे बैठकमा गएनन् मातृका यादव
नेपालबहस संवाददाता
फागुन ३०, २०७९ मंगलबार १७:३३:५६
३० फागुन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव मातृका यादव पार्टीको मधेश प्रदेश कमिटीको बैठकमा अनुपस्थित भएका छन् । गएको शुक्रबारदेखि मुख्यालय पेरिसडाँडामा माओवादी मधेश प्रदेश कमिटीको ३ दिनसम्म चलेको बैठकमा यादवले बैठकलाई बहिष्कार गरेका हुन् ।
मधेस प्रदेश कमिटीमा आन्तरिक विवाद चर्किएको छ । सोही कारण प्रदेश कमिटी समेत गठन हुन सकेको छैन । पार्टीले प्रदेशका इन्चार्जको रुपमा गणेश साहलाई तोकको छ ।
कमिटी बन्न नसक्दा यो प्रदेशमा २ महिने संगठन विस्तार र शुदृढिकीकरण अभियान समेत ठप्प प्रायः छ । प्रदेशमा यो अभियान पूरा भएपछि जिल्ला र स्थानीय तहका कमिटीलाई पूर्णता दिने तयारी माओवादी केन्द्रको छ ।
यादव अनुपस्थित पेरिसडाँडाको बैठकमा मधेश प्रदेश कमिटीका केही पदाधिकारी, स्थायी समिति, केन्द्रीय सदस्य र प्रदेश सदस्यहरू सहभागी थिए ।
यादव बैठकमा यादव सहभागी नभएकाे विषयमा अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहालले आक्रोश पोखेका थिए । प्रभाव जमाउने विषयमा मधेश प्रदेशमा यादव र गिरिराजमणि पोखरेलबीच तिक्तता छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी भदौमा विधान अधिवेशन गर्ने एमालेको निर्णय
माघ ८, २०८१ मंगलबार
राष्ट्रिय ‘एआई’ नीति दीर्घकालीन र प्रभावकारी बनाउँछौँ : मन्त्री गुरूङ
माघ ८, २०८१ मंगलबार
यो सरकार स्थायित्व र नागरिकको पक्षमा काम गर्न बनेको हो : उपप्रधानमन्त्री सिंह
माघ ८, २०८१ मंगलबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार