राष्ट्रपतिबाट बिदा भएकी भण्डारीको सक्रिय राजनीतिमा खेल सुरु
नेपालबहस संवाददाता
फागुन ३०, २०७९ मंगलबार १८:२९:४८
३० फागुन, माठमाडौं । सात वर्ष ४ महिना राष्ट्र प्रमुखको भूमिका निर्वाह गरेर सोमबारबाट बिदा भएकी निर्वतमान राष्ट्रपति बिद्यादेवी भण्डारी फेरी नेकपा एमालेको सक्रिय राजनीतिक भूमिकामा आउने चर्चा सुरु भएको छ । उनी शीतलनिवासबाट बिदा भएर छोरी उषाकिरणको घरमा गएसँगै उनलाई भेट गर्न पुगेका प्रायः एमाले नेताहरुले पुनः सक्रिय राजनीतिमा आउन सुझाव दिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले यसअघि नै राष्ट्रपतिको जिम्मेवारीबाट फर्किएपछि उनी पार्टी राजनीतिमा सक्रिय हुने संकेत पनि गरेका थिए ।
विद्यार्थीकालदेखि नै एमाले राजनीतिमा सक्रिय रहँदै आएकी भण्डारी राष्ट्रपतिमा निर्वाचित हुनु अगाडीसम्म नेकपा एमालेको उपाध्यक्ष पदमा कार्यरत थिइन् । अहिले उनलाई पार्टीको सक्रिय राजनीतिमा आउनका लागि एमालेले उपयुक्त पद दिन नसकेपनि पार्टीमा विशेष महाधिवेशन गराएर भएपनि ल्याउने सम्भावना कायमै रहेको नेताहरु बताउँछन् । राष्ट्रपतिको जिम्मेवारी पुरा गरिसकेकाले भण्डारीलाई पार्टीको राजनीतिमा सक्रिय गराउँदा पदीय हिसाबले पनि उनलाई सम्मानित पद दिनुपर्छ ।
भण्डारीलाई फेरी सक्रिय राजनीतिमा आउन सुझाव दिने मध्येका एक नेताले भने, उहाँले चाहने हो भने कुनैपनि तरिकाले समावेश गर्न सकिन्छ । अहिले समय पनि बाँकी रहेको र अन्तर्राष्ट्रिय मान्यतालाई नेपालमा उदाहरण दिन सकिने भएकाले अब भूपु राष्ट्रपति भएर निस्क्रिय बस्नुभन्दा सक्रिय राजनीतिमा आउँदा उपयुक्त हुने देखेर यो सुझाव दिएको हो । प्रायः एमाले नेताहरुले भण्डारी फेरी सक्रिय राजनीतिमा आएको देख्न चाहिरहेको उनको भनाइ छ ।
पुष १० मा सत्ता गठबन्धन भाँडिएपछि एकाएक नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएर बाँकी संवैधानिक पद एमालेमा ल्याउने गरी राष्ट्रिय राजनीतिमा उदाएका ओलीले राष्ट्रपतिमा भण्डारीको कार्यकाल नसकिँदै पार्टी र सत्ता राजनीतिमा लामो उदेश्य राखेर गृहकार्य सुरु गरेको बताइएको थियो । प्रचण्डसँग भएको पुष १० को सहमति नतोडिएको भए प्रतिनिधिसभाको सभामुखसहित राष्ट्रपति पनि एमालेले नै पाउने थियो । राष्ट्रपति र सभामुख भएपछि उनले पार्टी जिम्मेवार तहमा ल्याउने नेता र प्रधानमन्त्री बनाउन योग्य व्यक्तिका लागि भूमिका बनाउन तयारी गरिरहेका थिए । तर, फेरी सहमति भाडिएर नयाँ गठबन्धन बनेपछि ओलीको योजनामा ठेस लागेको छ ।
एमालेका एक नेताले बताए अनुसार सहमति नतोडिएको भए साढे दुई वर्षपछि एमालेको प्रधानमन्त्री बन्ने पालो आउने थियो । त्यसका लागि उनले अहिलेका महासचिव शंकर पोखरेललाई उपनिर्वाचन लडाएर जिताउने र प्रधानमन्त्री बनाउने तयारी गरेका थिए । पोखरेललाई प्रधानमन्त्रीका लागि तयार बनाएपछि पार्टीको नेतृत्वमा निवर्तमान राष्ट्रपति भण्डारीलाई फेरी पार्टी राजनीतिमा सक्रिय बनाएर नेतृत्वमा ल्याउने ओलीको योजना थियो । त्यसमा अहिले ठेस लागेको छ ।
सहमति अनुसार राष्ट्रपति नपाउँदा पनि एमालेलाई खासै घाटा छैन् । प्रभण्डसँग भएको सहमतिअनुसार दुइवर्षपछि प्रधानमन्त्री नपाएको कुरा नेपालको राजनीतिमा भरपर्दो छैन । राजनीतले कुनै पनि बेला मोड परिवर्तन हुनसक्ने भएकाले अब भण्डारीलाई पार्टीको सक्रिय भूमिका र जिम्मेवार पदमा ल्याउन ओलीलाई खासै समस्या छैन् । अध्यक्ष ओली आफैले पटक पटक राजनीतिमा सधै एकै नीति लागु भइरहन नसक्ने भन्दै आगामी दिनमा नेपाली कांग्रेससँग पनि सहकार्य हुनसक्ने बताउँदै आएका छन । यी विषयहरुले पनि निवर्तमान राष्ट्रपति भण्डारी सक्रिय राजनीतमा आउने र नआउने विषयले खास अर्थ राख्दैन ।
अहिले स्वस्थ्य देखिए पनि ओलीको बिमार कुनै पनि बेला बल्झिने अवस्थामा छ । उनी आफु सक्रिय रहेकै अवस्थामा नेकपा एमालेलाई यही अवस्थामा हाक्न सक्ने उत्तराधिकारीको खोजीमा छन् । त्यसमध्येकी एक पात्र हुन विद्या भण्डारी । अहिलेलाई कुनै पद खडा गरेर पनि उनलाई पार्टीमा सक्रिया गराइए पनि भण्डारीलाई पार्टी नेतृत्वमा पुर्याउने उदेश्यमा ओली रहेको बताइन्छ । सके यही उपनिर्वाचनमार्फत भण्डारीलाई संसद छिराउने योजना पनि भइरहको छ ।
त्यस्तै ओली अब हुने उपनिर्वाचनबाट महासचिव शंकर पोखरेललाई संसद छिराउने तयारीमा छन् । नेताहरुको भनाइमा एमालेले निर्वाचनबाट सरकार बनाउने हैसियत नबनाएसम्म ओली आफु प्रधानमन्त्री बन्ने चाहानामा छैनन् । भोली अपरझट प्रधानमन्त्री एमालेबाट बन्नु पर्ने अवस्था आयो भने कसलाई पठाउने भन्ने उपयुक्त उम्मेदवार एमालेमा देखिएको छैन । यसले पनि उनले विश्वास गरेका पोखरेललाई यसको तयारी अवस्थामा राख्ने उनको चाहना छ ।
महासचिव पोखरेल र भण्डारी अहिले ओलीले पुनः नेतृत्वमा पुर्याउन चाहेका पात्र हुन् । सकेसम्म निर्वातमान राष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा ल्याएर गणतन्त्र नेपालको पहिलो महिला प्रधानमन्त्री बनाउने चाहना ओलीको रहेको एमालेभित्र चर्चा छ । कतिपय नेताले भने भण्डारीलाई तत्काल पार्टीको जिम्मेवार पदमा ल्याउन नहुने सल्लाह पनि दिएका छन् । भण्डारीले पार्टीकाे सक्रिय राजनीति सुरु गर्दा केही नेताहरुको पद धरापमा पर्ने अवस्था भएकाले पनि उनीहरु भण्डारीको विपक्षमा देखिएका छन् । राष्ट्रपतिबाट बाहिरिएको दुई दिन पनि नभएकाले भण्डारीको निजी विचार भने बाहिर आएकाे छैन् ।
उनी सक्रिय राजनीतिमा आउँछिन कि आउँदिनन् भन्ने कुरा भोलिको दिनले प्रष्ट नै पार्ला । तर, उनलाई सक्रिय राजनीतिमा आउन भने एमालेको ठूलो पँक्तिले दवाव सिर्जना गरिहेको छ । कतिपय नेताहरुले सार्वजनिक रुपमै भण्डारी सक्रिय राजनीतिमा आउने दावी गरिरहेका छन् । निवर्तमान राष्ट्रपति नेकपा एमालेको सक्रिय राजनीतमा फर्किने सम्भावना बढेको सार्वजनिक कार्यक्रममा नै एमाले नेताहरुले बताउन थालेका छन् । भण्डारी एमालेको राजनीतिमा फर्कन नमिल्ने, उभिन नमिल्ने भन्ने केही नभएको उनीहरुको तर्क छ । अन्तर्राष्ट्रिय अभ्यासले पनि भण्डारी चुप लागेर बस्न नमिल्ने चर्चा एमालेमा बढिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेश सरकारका एमाले मन्त्रीहरूले बुझाए राजीनामा
चैत २१, २०७९ मंगलबार
शेयरबजार ५.२० अंकले घट्यो, १ करोडभन्दा बढीको कारोबार
चैत २१, २०७९ मंगलबार
अस्ट्रेलियामा टिकटक चलाउन प्रतिबन्ध
चैत २१, २०७९ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार
साढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
अमेरिकी डलरदेखि क्यानेडियन डलरसम्मको भाउ घट्यो
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
५०० पसलमा २० मात्रै नियमअनुरुप चलेका भेटिए
मंसिर ८, २०८१ शनिबार
आज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार