नेपालको पुर्वाधारमा लगानी गर्न चीनसँग प्रधानमन्त्रीको आग्रह
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
फागुन ३०, २०७९ मंगलबार १९:५:१८
![](https://nepalbahas.prixacdn.net/media/albums/Prachanda-Pushpakamal-dahal-e1675341722968_WG1w6vA09O.jpg)
३० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन सरकारसँग नेपालको पुर्वाधार विकासमा लगानी बढाउन आग्रह गरेका छन् । उनले नेपाल सरकारले विदेशी लगानीसम्बन्धी नीतिमा परिमार्जन गरी नयाँ नीति अवलम्बन गर्ने तयारी गरिरहेको भन्दै अब नेपालमा लगानी गर्न विदेशीलाई कुनै समस्या नरहेको भन्दै चीनलाई नेपालको पुर्वाधार विकासमा लगानी गर्न आग्रह गरेका हुन् ।
मंगलबार काठमाडौंमा आयोजित नेपाल–चीन लगानी तथा व्यापार मञ्चको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले चीन सरकार र चिनियाँ उद्यमीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन् । नेपालको व्यापार नीति वैदेशिक लगानीमैत्री बनाउन सरकार प्रयत्नशील रहेको भन्दै वैदेशिक लगानी बढाएर नेपाललाई सहयोग गर्न आग्रह गरे । प्रचण्डले नेपालले विदेशी लगानीकर्तालाई सहज वातावरणको सुविधा र सुरक्षाका कुनैकमजोरी हुन नदिने बताए ।
उनले नेपालले व्यापार र लगानीमैत्री नीति बनाइरहेको दावी गर्दै नीतिहरूमा सुधार गर्दै वैदेशिक लगानीका लागि प्रोत्साहन, प्रवर्दधन र सुरक्षाको ग्यारेन्टी गरिने बताए । प्रचण्डले नेपालको करको सीमा न्यून रहेको र व्यावसायिक वातावरण राम्रो भएकाले स्वदेशी र विदेशी लगानीकर्तामा कुनै पनि विभेद नगरिने प्रतिबद्धता जनाए । उनले विदेशी लगानीकर्ताको समस्या समाधानका लागि सरकारले एकल विन्दु सेवा सुरु गर्ने विषयमा कानुन बनाएर संसद्बाट पारित गर्ने क्रममा रहेको समेत बताए ।
प्रधानमन्त्रीले पूर्वाधार विकासका लागि नेपाललाई ठूलो लगानी र नयाँ नयाँ प्रविधिको आवश्यक्ता रहेको भन्दै यसमा छिमेकी मुलु चीनले नयाँ प्रविधि र ठूलो लगानी दिएर सहयोग गर्नुपर्ने बताए । वैदेशिक लगानीका लागि राजनीतिक स्थिरता अनिवार्य आवश्यक भन्दै नेपाल त्यसतर्फ अग्रसर रहेको र नेपालले सबै तहको निर्वाचन भर्खर सम्पन्न गरेर नयाँ सरकार बनेर लगानीकर्ता खोजिरहेको बताए ।
उनले नेपाल र चीनबीचको द्विपक्षीय व्यापारमा पनि केही सुधार गर्नुपर्ने र चीनसँग देखिएको व्यापार घाटा घटाउने विषयलाई पनि पुनर्विचार गर्न आवश्यक रहेकोमा जोड दिए । चीनबाट २ खर्ब ३२ अर्बबराबरको सामान आयात गर्दा जम्मा ६७ करोड रुपैयाँबराबरको मात्र सामान पठाउन सकिएको भनाइ राखेका प्रचण्डले अन्तरदेशीय कनेक्टिभिटी बढाउनका लागि नेचुङ–लिची, पुराङ, यारी, किमाथांका–चेन्ताङ नाकामा नेपालपट्टि भौतिक पूर्वाधार विकासमा सरकारले काम गरिरहेको दावी गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थ मन्त्रालयले १९ अर्ब बराबरको स्रोत सहमति दिएपछि हुने भयो २६ आयोजनाको पुनर्निर्माण
फागुन ६, २०८१ मंगलबार
सुरु भयो जाजरकोट भूकम्पपछिको पुनर्निर्माण
फागुन ६, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
अर्थ मन्त्रालयले १९ अर्ब बराबरको स्रोत सहमति दिएपछि हुने भयो २६ आयोजनाको पुनर्निर्माण
फागुन ६, २०८१ मंगलबार
कम्बोडियाको संसद्मा खमेर रूज नरसंहार अस्वीकार विरुद्ध कानून पारित
फागुन ६, २०८१ मंगलबार
अमेरिकासँग आर्थिक वार्तामा प्रगति हुने मस्कोको अपेक्षा
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
प्रकृतिका बुवा भन्छन् : मैले छोरी गुमाए, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्
फागुन ६, २०८१ मंगलबार