नेपालले मृत्युदण्डको कानुनका पक्षमा वकालत गर्न हुँदैन: ओली
नेपालबहस संवाददाता
फागुन ३०, २०७९ मंगलबार २०:३५:३१
३० फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालले मृत्युदण्डको कानुनका पक्षमा जान र त्यस विषयमा वकालत गर्न नमिल्ने बताएका छन् । बलात्कार लगायतका जघन्य अपराधमा सम्लग्न भएर दोषी ठहरिएकाहरुलाई मृत्युदण्डको सजाय तोक्नुपर्ने माग उठिरहेका बेला अध्यक्ष ओलीले कुनै आवेग वा उत्तेजनामा आएर मृत्युदण्डको कानुनका पक्षमा जान नहुने र आफुपनि मृत्युदण्डको कानुनको विपक्षमा रहेको बताएका छन् ।
मंगलबारदेखि काठमाडौंमा सुरु भएको मानव अधिकाररक्षक तथा सामाजिक अभियन्ताहरुको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालीहरु कहिल्यै पनि मृत्यदण्डको पक्षमा जान नहुने पक्षमा आफू दृढ रहेको बताए । उनले मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नरहने भन्दै आफू मृत्यदण्डको पक्षमा नरहेको तर्क गरे । उनले बुद्ध जन्मेका देशका बासिन्दाहरु कुनै पनि आवेश वा उत्तेजनामा पनि मृत्यदण्डको पक्षमा जान नहुने बताए ।
अध्यक्ष ओलीले संयुक्त राष्ट्र संघले मानवबीच हुने कुनै पनि प्रकारको विभेदलाई स्वीकार गर्न नसक्ने कुरालाई स्पष्ट पारेको भन्दै मृत्यदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नरहने र नेपालीहरु स्थायी रुपमा बुद्ध जन्मेका देशका बासिन्दाहरु भएकाले कहिल्यै पनि मृत्यदण्डको पक्षमा लाग्न नमिल्ने बताए । ओलीले कतिपय देशहरुले मृत्युदण्ड दिएको पनि नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार डिक्लेरेसन अनुसार कुनै प्रकारको विभेदमा नजाने र सबै प्रकारका असमानता स्वीकार पनि नगर्ने बताए ।
ओलीले नेपालमा पनि मानव अधिकार आयोगलाई धम्की दिने राजनीतिक भइरहेकोप्रति असन्तुष्टि व्यक्त गर्दै अहिलेको राजनीति भनेको गुटबन्दी र जालझेल मात्र भएको टिप्पणी गरे । ओलीले डेमोक्रेसी भनिए पनि साँचो अर्थमा डेमोक्रेसी नै नरहेको बताउँदै गुटबन्दी र जालजेलमात्र भएको तर, स्वच्छ प्रतिस्पर्धा गर्ने आँट कसैले नगरेको बताए । राजनीतिक दलहरुको नाममा राष्ट्रिय वा नेपाल भने पनि उनीहरु न राष्ट्रिय न नेपालको भएको बताए ।
यो बेला मानवअधिकारको उल्लंघन समान्य हुनसक्ने भन्दै उनले यसलाई अन्त्य गर्नुपर्नेमा जोड दिएका दिए । मानव अधिकारको भ्वाइलेसन सामान्य हुने स्थितिबाट बदल्नुपर्ने र भ्वाइलेसन असाधारण हो भन्ने कुराको अन्त्य गरिनुपर्ने उनले बताए । अध्यक्ष ओलीले नेपालको राजनीतिको एउटा पक्षले आफूलाई भनेजस्तो भएन भने बन्दुकमा खिया लागेको छैन भनेर धम्क्याउने गरिरहेको बताए ।
उनले भने,‘नेपालको राजनीतिको एउटा पक्ष आफूलाई भनेजस्तो भएन भने बन्दुकमा खिया लागेको छैन भन्छ । हामीले उल्लङ्घन गरेको मानवअधिकारको पनि कुरा गर्ने ? वाह ! तिनीहरू नै मानवअधिकारका कुरा गरेर थाक्दैनन् ।’ उनले नेपालमा मानवअधिकारको इतिहास लामो भएको भन्दै नेपालमा धेरै मान्छे राष्ट्र वा जनताको हक अधिकारका लागि लड्दा मरेको पनि बताए ।
अध्यक्ष ओलीले मानवअधिकार रक्षाका निम्ति नेपालमा सबभन्दा पहिला १९९५ मा मानवअधिकारकै संस्था खोलेर त्रिचन्द कलेजका तत्कालीन विद्यार्थी गंगालाल श्रेष्ठले पहिलो प्रवचन गरेको बताए । त्यसपछि क्रमशः मानवअधिकारका क्षेत्रमा अन्य व्यक्ति र संस्थाहरू खुल्दै गएको र भूमिका खेल्दै आएको भन्दै उनले राणा शासन, पञ्चायती शासनविरुद्ध पनि मानवअधिकारका आवाजहरू उठेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार