एउटै व्यक्ति राष्ट्रपतिमा दाेहाेरिने व्यवस्था हटाऔं, प्रतिफल नदिने याेजना नबनाऔं : महामन्त्री शर्मा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_m1GUFTIt76.jpeg
)
नेपालबहस संवाददाता
फागुन ३०, २०७९ मंगलबार २३:११:२१
![](https://nepalbahas.prixacdn.net/media/albums/bishow-p-sharma_iJR8EWRbAv.jpg)
३० फागुन, काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एक व्यक्ति एकपटक मात्र राष्ट्रपति बन पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।
राजनीतिमा मान्छेहरूलाई आकर्षित गर्नका लागि पनि एकपटक राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तीन पटकसम्म मन्त्री र चार पटकसम्म सांसद बन्ने पाउने व्यवस्था आवश्यक रहेको बताए ।
नेपाल ट्रेड युनियन काङ्ग्रेसको मंगलबारदेखि काठमाडौंमा सुरु भएको नीति सम्मेलनमा बोल्दै महामन्त्री शर्माले एउटै व्यक्ति राष्ट्रपतिमा दोहोरिने व्यवस्थाले राजनीतिमा वितृष्ण बढेको बताए । प्रधानमन्त्रीमा एउटै व्यक्ति पाँच पटक पुग्दासमेत नपुगेको देखेर झनै वितृष्णले सीमा नाघ्दै गएको उनको भनाइ थियो ।
राजनीतिमा आएर पटकपटक राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री बन्ने खेलमै समय जाने र देशको आर्थिक रूपान्तरणको काममा योगदान दिन नसक्ने बताए । उनले एकैपटक देशभर भ्यू टावर र अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काम व्यवहारिक नभएको बताए । प्रतिफल दिने आयोजना मात्र छनौट गरिनुपर्ने बताए । प्रतिफल दिन नसक्ने धेरै योजना बनाएर मुलुकमा आर्थिक भार थपिने उनको भनाइ थियो ।
अहिले नै रेल चलाएर आर्थिक उपार्जन हुन नसक्ने बताउँदै महामन्त्री शर्माले तत्काल गर्न सकिने र प्रतिफल दिने योजनामा मात्र बजेट छुट्याउनुपर्ने बताए । जनताको जीवनसँग तुरुन्त जोडिने योजनाले मात्र सरकारप्रति नागरिकको भरोसा बढने उनले बताए ।
कांग्रेस उपराष्ट्रपति निर्वाचनपछि सरकारमा जाने तयारीमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेश सरकारका एमाले मन्त्रीहरूले बुझाए राजीनामा
चैत २१, २०७९ मंगलबार
शेयरबजार ५.२० अंकले घट्यो, १ करोडभन्दा बढीको कारोबार
चैत २१, २०७९ मंगलबार
अस्ट्रेलियामा टिकटक चलाउन प्रतिबन्ध
चैत २१, २०७९ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार