नगर सरसफाइका लागि मानव साङ्लो, नगरवासीकाे उत्साहजनक सहभागिता
नेपालबहस संवाददाता
फागुन ३०, २०७९ मंगलबार २३:२९:४९
३० फागुन, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर सफाईका लागि मानव साङलो निकालेको छ । नगरपालिकाले सुरु गरेको सरसफाइ अभियानमा ऐक्यवद्धता जनाउँदै मंगलबार मानव साङ्लो निकालिएको छ ।
२०७४ सालदेखि नगरपालिकाले सञ्चालन गरेको समुदायमा आधारित हरियाली प्रवर्द्धन एवं नियमित सरसफाइ अभियानमा नगरवासीले उत्साहजनक सहभागिता जनाइरहेका छन् ।
प्रत्येक महिनाको १ र १५ गते नियमित सरसफाइ गर्दै आइरहेको छ । सोही क्रममा आज बेलहिया बुटवल ६ लेन सडक खण्डको योगीकुटीदेखि कोटिहवासम्म १३ किलोमिटर सडकमा सहभागीहरूले आपसमा हात जोडेर सरसफाइ अभियानमा प्रतिबद्धता जनाए ।
सरसफाइ र हरियाली प्रवर्द्धन अभियान तिलोत्तमाको पहिचान र सभ्यता बन्दै गएको रअभियानमा नगरबासीको प्रतिवद्धता र एकता महत्वपूर्ण सन्देश रहेको अभियानका संयोजक सुरेन्द्र श्रीले बताए ।
नगरवासीले आफ्नो फोहोर आफैं व्यवस्थापन गर्ने, जथाभावी फोहोर नगर्ने, नगरपालिकाले चलाएका अभियानमा पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले बताए ।
मणिग्राम चोकमा सरसफाइ स्मारक निर्माण गरिएको छ । नगरको क्षेत्रभित्रका सडकमा घेराबार, फूलको बिरुवा राेप्ने, हरियाली बनाउने काम तीव्र गतिमा चलिरहेको छ । नगरपालिकाले बढाएको काममा नगरवासीबाट सक्दो साथ पाइरहेको नगर प्रमुख रामकृष्ण खाणले बताए ।
‘स्वच्छ र सफा नगर’ नारा नै पालिकाको मुख्य रहेको उपप्रमुख जगेश्वरदेवी चौधरीले बताए । नगरवासी आफ्नो फोहोर आफैं व्यवस्थापन गर्न अभ्यस्त हुँदै गएको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा चिसोले जनजीवन प्रभावित
माघ २, २०८१ बुधबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २, २०८१ बुधबार
पाटे बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु
पुष २८, २०८१ आइतबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार