राष्ट्रपति पौडेललाई सीको बधाई सन्देश: ‘राजनीतिक विश्वासलाई मजबुत बनाउन चाहन्छु’
नेपालबहस संवाददाता
फागुन ३०, २०७९ मंगलबार २३:५८:०
३० फागुन, काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई चिनियाँ समकक्षी सी चिनफिङले बधाई दिएका छन् । राष्ट्रपतिमा शपथ लिएको भोलिपल्ट मंगलबार सीले सन्देश पठाएर बधाइ तथा शुभकामना दिएका हुन् ।
सन्देशमा सीले उच्च गुणस्तरको ‘बेल्ट एण्ड रोड’ निर्माणको क्रमलाई अघि बढाउँदै मानवीय आदानप्रदान तथा सहयोगका क्षेत्र विस्तारको काममा सँगसँगै अघि बढ्ने अपेक्षा गरेको बताएका छन् ।
विकास र समृद्धि उन्मुख युगौं युगसम्मको मैत्रीपूर्ण नेपाल–चीन सम्बन्धलाई उचाइमा पुर्याउन रणनीतिक सहयोगात्मक साझेदारीलाई निरन्तरता दिन आफू इच्छुक रहेको पनि बताएका छन् ।
सन् १९५५ मा दौत्य सम्बन्ध स्थापना भएयता नेपाल र चीनबीचको सम्बन्ध निरन्तर स्वस्थ तथा स्थिर रुपमा अघि बढिरहेको उल्लेख गर्दै राष्ट्रपति सीले यो सम्बन्धले ठूला र साना देशबीच शान्तिपूर्ण सहअस्तित्व, मित्रता र पारस्परिक सहयोगको उदाहरण देखाएको बताएका छन् ।
उनले दुई देशबीचको राजनीतिक विश्वासलाई मजबुत बनाउन राष्ट्रपति पौडेलसँगै मिलेर काम गर्ने इच्छा प्रकट गरेका छन् ।
भारतीय राष्ट्रपति द्रोपती मूर्मूले यसअघि नै बधाई शुभकामना दिइसकेकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेश सरकारका एमाले मन्त्रीहरूले बुझाए राजीनामा
चैत २१, २०७९ मंगलबार
शेयरबजार ५.२० अंकले घट्यो, १ करोडभन्दा बढीको कारोबार
चैत २१, २०७९ मंगलबार
अस्ट्रेलियामा टिकटक चलाउन प्रतिबन्ध
चैत २१, २०७९ मंगलबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार