बाटो छेउमा राखिएका मोटरसाइकल जफत
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
फागुन ३०, २०७९ बुधबार ०:५:५७
![](https://nepalbahas.prixacdn.net/media/albums/newskarkahna-news475510.-e1678797350503_SHfUKNnkMK.png)
३० फागुन, भक्तपुर । भक्तपुर नगरपालिकाले नगरका विभिन्न स्थानका बाटा छेउ राखिएका मोटरसाइकललगायतको सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।
मोटरसाइकल वर्कसप ‘विक्रेता’ हरुले बाटोको छेउमा राखेका मोटरसाइकलहरु जफत गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा नगरको घलाटे र चुनदेवीमा २५ वटा पसल अनुगमन गर्दा पटकपटक हटाउन निर्देशन दिंदा पनि नहटाएका सामान र मोटरसाइकल जफत गरी ल्याएको जनाएको हो ।
पसल बाहिर बाटो र पेटीमा बेचविखनको लागि राखेको सामानहरु र मोटरसाइकलहरु जफत गरी ल्याएको अनुगमन समितिका संयोजक राजकृष्ण गोराले बताए । अनुगमनमा ब्रदर्श रिकन्डिसन हबलाई बाटो र पेटीमा बिक्रीको लागि राखिएको मोटरसाइकल नराख्न पटकपटक निर्देशन दिँदासमेत अटेर भएकोले प्र। ३ – ०२ – ०१२ प ५५७० को मोटरसाइकल जफत गरी तीन दिनभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिएको जनाइएको छ ।
त्यस्तै अमरबत्ती इन्टरप्राईजेज प्रा।लि।, ख्वप हार्डवेयर प्रा।लि।, खोटाड्ड खाजा घर, युनिस्टल ट्रेडर्स, बागमति आर्टस्, तीन दिनभित्र दर्ता गरी नगरपालिकामा उपस्थित हुन निर्देशन दियो । आर।बि। निर्माण सप्लार्यस्, एभरेष्ट अटोटेक एण्ड सप्लायर्स, ह्वाक्सीड्ड फर्निचर ‘डेकोर’ प्रा।लि। नवीकरण भएको नदेखिएकोले नविकरण गरी तीन दिनभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दियो ।
कृष्ण किराना पसलमा जम्बो स्प्राइट ३ वटा म्याद नाघेकोले नष्ट गर्न निर्देशन दियो । श्रीलाल कोसवारको ग्रील पसल तथा वर्कशप, रिचा भुसालको किराना पसल, सुस्मिता श्रेष्ठको साधारण जलपान पसल त्यही“ दर्ता गराएको निरीक्षणमा सहभागी वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताए ।
अनुगमनमा वडाध्यक्ष श्यामकृष्ण खत्री, वडासदस्य रीता फसिकवा, भनपा श्यानिटेशका नगर निरीक्षक।दिलिपकुमार सुवाल, वडा निरीक्षक।रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेबी व्याञ्जु, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरीक्षक विनोद सुवाल, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, भक्तपुर उद्योग बाणिज्य संघका राजु त्वानाबासु, घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठको सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभाः विधेयक छलफलका लागि समितिमा पठाइयो
माघ २६, २०८१ शनिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभाको बैठक : चार विधेयक प्रस्तुत
माघ २३, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार