मुलुकमा स्थायित्व ल्याउन गठबन्धन बनेको हो, कांग्रेस सरकारमा जान्छः देउवा
शरणकुमार अर्याल
चैत ६, २०७९ सोमबार ११:४५:०
६ चैत, काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले राजनीतिक दलहरूबीचको गठबन्धन मुलुकमा स्थायित्व ल्याउनका भएको दावी गरेका छन् । संविधानको वर्तमान निर्वाचन प्रणालीले प्रतिनिधिसभामा एउटा मात्रै राजनीतिक दलको बहुमत आउने अवस्था नरहेकाले गठबन्धनको अभ्यास गर्नुपर्ने आवश्यकता परेको उनको भनाइ छ । प्रचण्ड नेतृत्वको सरकारमा कांगेस सहभागी हुने पनि उनले बताएका छन् ।
कांग्रेसका देउवाले संसद्बाटै सरकारमा सहभागी हुने घोषणा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताए
कांग्रेसका देउवाले संसद्बाटै सरकारमा सहभागी हुने घोषणा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताए । सोमबार प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्रीले प्रचण्ड बहुमतसहित विश्वासको मत पाउने विश्वास व्यक्त गरे । उनले अप्रत्यासित रूपमा संसद् विघटन गरेर देशलाई नै संकटमा लैजाने कदमपछि फरक राजनीतिक परिस्थिति निर्माण भएको बताए । त्यो परिस्थितिको अझै निरन्तरता आवश्यक रहेका उनले जोड दिए ।
देउवाले लोकतन्त्र, संविधान र सिंगो व्यवस्थालाई दुर्घटनामा पुर्याउने कदमविरुद्ध बनेको गठबन्धनले अब पनि स्थायित्वका लागि काम गर्ने बताए । प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मतका लागि राखेको प्रस्तावमाथि आफ्ना धारणा राख्दै सभापति देउवाले संविधानको पक्षमा गठबन्धन हुनुपर्ने बताए । उनले भने, ‘राजनीतिक गठबन्धन आत्मकेन्द्रित, स्वार्थ प्रेरित, क्षणिक र अस्थिरता ल्याउने हुनुहुँदैन । देश र जनताको पक्षमा संविधानको रक्षा गर्ने, देशमा स्थिरता, अमनचयन, शान्ति र विकासका लागि गठबन्धन हुन आवश्यक छ ।’
कांग्रेसका देउवाले संसद्बाटै सरकारमा सहभागी हुने घोषणा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताए
सरकारले अब आरोपप्रत्यारोपमा मात्रै नलागेर शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्याउने, विकास निर्माण र सुशासनका काम गर्नुपर्ने देउवाको भनाइ छ । कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुनेसमेत बताए । देउवाले राष्ट्रिय सरोकारका साझा विषयमा सहमतिका साथ अघि बढ्नुपर्नेमा जोड दिए । सरकारमा रहेका र प्रतिपक्षमा रहेका दलहरुबीच राष्ट्रिय सरोकारका साझा विषयमा सहमतिका साथ अघि बढ्नुपर्ने बताए । उनले अघि भने, ‘कतिपय राष्ट्रिय सरोकारका विषय छन्, जसमा सबैले साझा धारणा निर्माण गर्न आवश्यक छ ।’
शरणकुमार अर्याल
शरणकुमार अर्याल शिक्षाविद हुन् । शैक्षिक जगतलाई नजिकबाट केलाएका उनी विद्यालय व्यवस्थापनमा पनि संलग्न छन् ।
लेखकबाट थपनेपाली माछाले बजार नपाउँदा किसान चिन्तित
मंसिर ३, २०८१ सोमबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
जुम्लासहित उच्च हिमाली भेगमा गड्यौलाको मलको समस्या
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
रुसको प्रतिक्रिया- अमेरिकाले युक्रेनलाई उक्सायो, हामी आवश्यक कदम चाल्छौँ
मंसिर ४, २०८१ मंगलबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
११ सयले बढ्यो सुनको भाउ, तोलाको कति ?
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार