अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, अन्यको कति ?
नेपालबहस संवाददाता
चैत १, २०७९ बुधबार १६:५२:३७
१ चैत, काठमाडौ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज पनि अमेरिकी डलर करिब एक रुपैयाँले वृद्धि भएको छ। राष्ट्र बैंकका अनुसार आजको विनिमयदरमा एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३२ रुपैयाँ २९ पैसा तोकिएको छ।
यसअघि मंगलबार भने यसको खरिदमूल्य १३१ रुपैयाँ १० पैसा र बिक्रीदर १३१ रुपैयाँ ७० पैसामा कारोबार भएको थियो । बुधबारका लागि एक युरोको खरिददर १४१ रुपैयाँ १० पैसा र बिक्रीदर १४१ रुपैयाँ ७४ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १ रुपैयाँ २२ पैसाले बढेको हो साथै मंगलबार ४८ पैसाले र सोमबार ७५ पैसाले वृद्धि भएको थियो । मंगलबार यसको खरिददर १३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४० रुपैयाँ ५२ पैसा थियो ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर मंगलबार १६० रुपैयाँ ३ पैसा र बिक्रीदर १६० रुपैयाँ ७६ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २ रुपैयाँले बढेको छ । मंगलबार उक्त पाउण्डको खरिदमूल्य १५८ रुपैयाँ ३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७६ पैसा कायम गरिएको थियो ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ७१ पैसा र बिक्रीमा ८८ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ३ पैसा र बिक्रीमा ९६ रुपैयाँ ४६ पैसामा पाइन्छ।
उता, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ७ पैसा र बिक्रीमा ३५ रुपैयाँमा २४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ५ पैसा र बिक्रीदर, ३५ रुपैयाँ २३ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रुपैयाँ २ पैसा तोकेका छ भने मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ ३५ पैसा र बिक्रीमा २९ रुपैयाँ ४८ पैसामा पाइन्छ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ १८ पैसा र बिक्रीमा ४३१ रुपैयाँ १४ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३५० रुपैयाँ ९४ पैसामा किनबेच हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक
पुष ५, २०८१ शुक्रबार
बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट
पुष ५, २०८१ शुक्रबार
हरियाणाका पूर्व मुख्यमन्त्री ओमप्रकाश चौटालाको हृदयघातका कारण निधन
पुष ५, २०८१ शुक्रबार
बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु
पुष ५, २०८१ शुक्रबार