उपराष्ट्रपतिमा जसपाका यादवलाई मत दिने कांग्रेसको निर्णय, मतपत्रको नमुना पनि सार्वजनिक
नेपालबहस संवाददाता
चैत १, २०७९ बुधबार १८:१६:२८
१ चैत, काठमाडौं । नेपाली कांग्रेसले उपराष्ट्रपतिको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रामसहायप्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको छ । कांग्रेसले यसअघि राष्ट्रपतिको निर्वाचन र गठबन्धनमा भएको सहमति अनुसार जसपाका यादवलाई सहयोग गर्ने निर्णय गरेको हो । बुधबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जसपा संसदीय दल नेतासमेत रहेका उम्मेदवार रामसहायप्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले गठबन्धनबाट साझा उम्मेदवार रहेका जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य यादवलाई मतदान गर्ने यसअघिकाे सहमतिलाई निरन्तरता दिन यस्तो निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । प्रवक्ता महतले जसपाका तर्फबाट गठबन्धनका साझा उम्मेदवार यादवलाई मतदान गर्ने निर्णय भएको र पार्टीबाट प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेश सभामा निर्वाचित भएका सदस्यहरूलाई यादवका पक्षमा मतदान गर्न निर्देशन दिएको बताए ।
यसैबीच उपराष्ट्रपति निर्वाचनको नमुना मतपत्र पनि सार्वजनिक गरिएको छ । निर्वाचन आयोगको वेबसाइटमा नमुना मतपत्र सार्वजनिक गरेको हो । मतपत्रमा उमेदवारको नाम र फोटो रहनेछ । मतपत्रको पहिलो नम्बरमा नेकपा एमालेका तर्फबाट उमेदवार बनेकी अष्टलक्ष्मी शाक्य, दोस्रो नम्बरमा जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट उमेदवार बनेकी प्रमिला यादव, तेस्रो नम्बरमा जनमत पार्टीका तर्फबाट उमेदवार बनेकी ममता झा र चौथो नम्बरमा जसपाका तर्फबाट उमेदवार बनेका रामसहाय यादवको नाम राखिएको छ ।
प्रमिलाले रामसहायलाई समर्थन गर्दै आफ्नो उमेदवारी निष्क्रिय बनाएकी छन् । निर्वाचनमा संघीय सांसद र प्रदेश सांसदहरूका लागि छुट्टाछुट्टै मतपत्र रहनेछ । संघीय सांसदहरूले सेतो पृष्ठभूमिमा गुलाबी रङ र प्रदेश सांसदहरूले सेतो पृष्ठभूमिमा हरियो रङको मतपत्रमा मत प्रदान गर्नेछन् । उपराष्ट्रपति पदको निर्वाचनमा यही चैत ३ गते हुँदै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार