उद्योग वाणिज्य महासंघ निर्वाचनः उपाध्यक्ष श्रेष्ठले गरे प्यानल घोषणा
नेपालबहस संवाददाता
चैत १, २०७९ बुधबार १८:४५:५०
१ चैत काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को निर्वाचनका लागि उपाध्यक्ष अञ्जान श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवारसहित प्यानल सार्वजनिक गरेका छन् ।
हाल वस्तुगततर्फको उपाध्यक्ष श्रेष्ठले आफूलाई वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवार घाेषणा गरेका छन् । उनले यही चैत २८ र २९ मा काठमाडौं हुने साधारणसभाबाट आगामी ३ वर्षपछि नेतृत्वमा सम्हाल्ने योजनासाथ प्यानल घोषणा गरेका हुन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षमा विजयी हुने नै अर्काे कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था छ ।
सोहीअनुरुप हाल वरिष्ठ उपाध्यक्ष रहेका चन्द्र ढकाल यसै साधारणसभाबाट अध्यक्ष बन्नेछन् । अध्यक्ष शेखर गोल्छा बिदा हुनेछन् । उपाध्यक्ष श्रेष्ठले उपाध्यक्षतर्फ जिल्लानगर, एसोसिएट र वस्तुगतमा ३ जनाको नामसमेत सार्वजनिक गरेका छन् । एसोसिएटतर्फ ज्योत्सना श्रेष्ठ, वस्थुगतफर्त मणिषलाल प्रधान र जिल्लानगरतर्फ अरुण सुमार्गीलाई प्यानलमा राखिएको छ ।
यस्तै, वरिष्ठ उपाध्यक्षको दौडमा रहेका रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठपनिप्यानल घोषणाको तयारीमा लागेका छन् । अहिले जिल्ला संघहरूकाे अधिवेशन धमाधम चलिरहेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ करोडको लगानीमा पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन
पुष २८, २०८१ आइतबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
रेसुङ्गा नगरपालिकाको रनिङ शिल्ड रेसुङ्गा माविलाई
माघ ७, २०८१ सोमबार
शिक्षण अस्पतालमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन
माघ ७, २०८१ सोमबार
खुकुरी प्रहार गरेको अभियोगमा ५ जना पक्राउ
माघ ७, २०८१ सोमबार
वर्तमान सरकारप्रति जनताको भरोसा छ : सञ्चारमन्त्री गुरुङ
माघ ७, २०८१ सोमबार