मौसमी तरकारीको उत्पादन न्यून हुँदा आयातित तरकारी दोब्बर महँगो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
चैत १, २०७९ बुधबार १९:४२:८
![](https://nepalbahas.prixacdn.net/media/albums/vegetables_JvYBUGmcTw.jpg)
१ चैत, उदयपुर । हरियो तरकारी उत्पादनका उदयपुर लागि उर्वर भूमि मानिए पनि हरियो तथा मौसमी तरकारीहरु उत्पादन घटदा जिल्लाभित्र विभिन्न रासायनिक पदार्थ, भएको तरकारीको आयात बढ्न थालेको छ । फागुनको पहिलो हप्तासम्म स्थानीयस्तरमा उत्पादन भएको हरियो तरकारीले जिल्लाभित्र धाने पनि मौसमी तरकारीको उत्पादन कम हुँदा रासायनिक पदार्थ प्रयोग गरिएको र आयातित महँगो तरकारी किनेर खान बाध्य भइएको उपभोक्ताहरु बताउँछन् ।
केही समयदेखि जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा उत्पादन भएको मौसमी तरकारी सकिएकाले अहिले जिल्ला गाईघाटका उपभोक्ताले आयात गरिएका महँगा सब्जी किनेर खान बाध्य हुन परेको गाईघाट शान्तिनगर टोलका रमा भट्टराईको गुनासो छ । उनी भन्छिन “स्थानीयस्तरमा उत्पादन भएको हरियो तरकारी सकियो, सब्जी व्यापारीहरुले बाहिरबाट विभिन्न रासायनिक पदार्थ हालिएका सब्जीहरु खरिद गरेर ल्याउँछन्, त्यो पनि दोब्बर महँगो मूल्यमा किनेर खान बाध्य भएका छौँ ।”
भट्टराईका अनुसार फागुन दोस्रो हप्तासम्म स्थानीयस्तरमा उत्पादन गरिएका हरियो तरकारीहरु सस्तो मूल्यमा नै उपलब्ध हुने गरेको थियो तर अहिले दोब्बर महँगो मूल्य तिरेर खरिद गर्नुपरेको छ । दश दिनअघिसम्म प्रतिकिलो काउली रु ४० देखि ५० मा खरिद गरिन्थ्यो तर अहिले आयातित काउलीको मूल्य प्रतिकिलो रु एक सयदेखि एक सय २५ पुगेकोे गाईघाट सङ्गमटोल निवासी देवकी थापा बताउछिन ।
प्रतिकिलो मूला रु ५० देखि ६० रहेकामा एक हप्तापछि रु एक सय प्रतिकेजी पुगेको छ भने अन्य हरियो सब्जीको मूल्य पनि दोब्बरभन्दा बढीले वृद्धि हुनाका साथै बासी, सडेगलेको सब्जी पनि किन्नुपर्ने अवस्था आएको उपभोक्ताले गुनासो गर्न थालेका छन् ।
गाईघाटका एक सब्जी व्यापारी सुकदेव साह भन्छन “फागुनको पहिलो हप्तासम्म जिल्लाभित्र नै उत्पादन भएका ताजा सब्जीहरु खरिद गरेर सस्तो मूल्यमा बिक्री गरियो अब जिल्लाभित्र उत्पादन भएको तरकारीहरु सकियो, जिल्ला बाहिरबाट सब्जी खरिद गरेर ल्याउँदा बढी मूल्य तिनुपरेकाले बिक्री गर्दा बढी मूल्य लिन बाध्य भएका छौँ ।”
आफूहरुले सब्जी तरकारी खरिद गर्न जिल्लाबाहिर सुनसरी झुम्का, फारवेसगन्ज, भीमनगरसम्म पुगेर ल्याउन पर्दा र खरिद गरिएका स्थानहरुमा नै बासी सब्जीहरु पाइने गरेकाले ताजा सब्जी बिक्री गर्न नसकिएको सब्जी व्यापारीहरु बताउँछन् ।
कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा अहिले हिउँदे तरकारी पाँच सय ६८ हेक्टर क्षेत्रफलमा उत्पादन हुने गरेको छ भने बर्खे तरकारी सात सय ४६ हेक्टर जमिनमा उत्पादन हुने गरेको छ ।
जिल्लाको त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका बेलका र कटारी नगरपालिकाका विभिन्न क्षेत्रमा तरकारी खेती हुँदै आएको र त्यहाँका क्षेत्रलाई हरियो तरकारी पकेट क्षेत्र घोषणा गरिए पनि अझै पनि यो जिल्ला तरकारीमा आत्मनिर्भर बन्न सकेको छैन ।
कृषि ज्ञान केन्द्रका अधिकृत तथा सूचना अधिकारी महेश चौधरीले यो जिल्ला अहिलेसम्म पनि मौसमी तरकारी खेतीमा आत्मनिर्भर बन्न नकेका कारण चैत, वैशाख र जेठ महिना बाहिरी तरकारीमा भर पर्नु परेको बताउछन ।अहिले जिल्लाभित्र काउली, बन्दा, टमाटर गाजर, मूला तथा भिन्डी जिल्ला बाहिरबाट आयात हुने गरेको एक सब्जी व्यापारी राजेश चौधरीको भनाइ छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिसान र होन्डाका मर्जर वार्ता रद्द, शेयर मूल्यमा बृद्धि
फागुन २, २०८१ शुक्रबार
एडिडासलाई १५ हजार डलर जरिवाना
फागुन २, २०८१ शुक्रबार
जनवरीमा नर्वेको बजारमा विद्युतीय कारको बिक्री ९६ प्रतिशत
माघ २१, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
इजरायली सुरक्षा क्याबिनेटले गाजा युद्धविरामको नयाँ चरणबारे छलफल गर्दै
फागुन ५, २०८१ सोमबार
बजेट कोष बढाउन कार करमा निर्भर श्रीलङ्का
फागुन ५, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकहरुलाई मिसन हस्पिटलमा विशेष छुट
फागुन ५, २०८१ सोमबार