मूर्ति चोरीको प्रयास गर्ने इटालियन नागरिकलाई थप पाँंच दिन थुनामा राख्न अनुमति
नेपालबहस संवाददाता
चैत १, २०७९ बुधबार २०:०:५
१ चैत, भक्तपुर । भक्तपुर दरवार क्षेत्रभित्रको पुरातात्त्विक कलात्मक काठ तथा धातुको मूर्ति दिउँसै चोरीको प्रयास गर्ने विदेशी नागरिकमाथि दोस्रोपकट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
भक्तपुर दरवार क्षेत्रभित्रको तलेजु मन्दिरभित्रको मूर्ति चोरीको असफल प्रयास गर्ने इटालियन नागरिक तिजियानो रोन्चीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत भक्तपुरले म्याद थप गरिदिएको हो ।
प्राचीन स्मारक संरक्षण ऐन २०१३ बमोजिम जिल्ला अदालत भक्तपुरबाट उनलाई दोस्रोपटक पाँच दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको हो । तलेजु मन्दिर सुन्धारा परिसरमा घुम्न आएका ती इटालियन नागरिकले चक्कुको प्रयोग गरी धातुको मूर्ति निकाल्न खोजेका थिए ।
प्रत्यक्षदर्शीले विदेशीको हर्कत देखेर तलेजु मन्दिरको सुरक्षार्थ खटिएका नेपाली सेनालाई खबर गरेका थिए । खबरपछि सेनाले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको थियो । ती विदेशी नागरिकले दरबार स्क्वायर प्रवेश गर्दा टिकट नलिई चोर बाटो प्रयोग गरेको पाइएको छ ।
भक्तपुर नगर प्रवेश गर्न प्रति पर्यटक १५ अमेरिकी डलर तिर्नुपर्छ । सीसीटीभीको फुटेजअनुसार ती इटालियन नागरिक सुन्धारा परिसरमा चारपल्ट ओहोरदोहोर गरेको देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच युवतीलाई अवैधरुपमा भारत लैजान खोज्ने व्यक्ति पक्राउ
मंसिर ८, २०८१ शनिबार
लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
मंसिर ७, २०८१ शुक्रबार
फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार