‘गुण्डा नाइके’ चक्रे मिलनविरूद्धको मुद्दामा कागजात झिकाउने सर्वोच्चको आदेश
नेपालबहस संवाददाता
चैत १, २०७९ बुधबार २१:३०:४१
१ चैत, काठमडौं । सर्वोच्च अदालतमा ४ वर्षदेखि विचाराधीन रहेको ‘गुन्डा नाइके’ चक्रे मिलन भनिने मिलन गुरुङको सम्पत्ति शुद्धीकरणको मुद्दामा आज भएको सुनुवाइपछि आदेश भएको छ ।
न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा भएको सुनुवाइपछि गुरुङविरुद्धको सम्पूर्ण मिसिल झिकाउने आदेश दिएको छ ।
अपराधिक गतिविधि र अवैध तरिकाले सम्पत्ति जोडेको भन्दै सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा सम्पत्ति शुद्धिकर विभागले २०७० जेठ ५ गते विशेष अदालतमा दायर गरेको मुद्दा विशेष सफाइ दिने फैसला गरेपछि सो फैसला बदरको माग गर्दै विभागले २०७५ जेठ ३० मा सर्वोच्चमा पुनरावेदन मुद्दा दिएको थियो ।
सो मुद्दामा आज संयुक्त इजलासले मिलनविरुद्ध तयार पारिएको मिसिल र सम्पूर्ण कागजात झिकाउने आदेश दिएको हो । विशेषमा विभागले सीआईबीको अनुसन्धान प्रतिवेदनको आधारमा मिलनसहित ५ जना ‘गुन्डा नाइके’हरु गणेश लामा, पर्शुराम बस्नेत, अभिषेक गिरी र दीपक मनाङ्गे भनिने राजीव गुरुङविरुद्ध २०७० जेठ ५ गते विशेष अदालतमा अवैध तरिकाले अकूत सम्पत्ति जोडेको आरोपमा मुद्दा दायर गरेको थियो ।
चक्रे मिलनविरुद्ध ८ करोड रुपैयाँ बराबरको अपराधिक तवरले सम्पत्ति आर्जन गरेको दाबी अभियोग पत्र छ । मिलनलाई एमालेको क्षेत्रीय कमिटीले गएको मंसिरमा भएको प्रतिनिधिसभाको चुनावमा गोरखा २ बाट सांसद उम्मेदवारमा समेत सिफारिस गरेको थियो । पछि केन्द्रले अब्दुस सलाम मियाँलाई टिकट दिएको थियो । उनी पराजित भएका थिए । मिलनपन्ती इन्दिरा गुरूङविरूद्ध पनि साेही मुद्दा लगाइएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार