तरकारी खेतीबाट राम्रो आम्दानी गर्दै गन्धर्व समुदायका महिला
नेपालबहस संवाददाता
चैत १, २०७९ बुधबार २३:२०:१४
१ चैत, दाङ । बबई गाउँपालिका–७ की ४८ वर्षीया शारदा गन्धर्व अचेल बिहानदेखि तरकारी बारीमा काम गर्न व्यस्त हुने गर्छिन। अहिले उनीमात्र होइन यहाँका अतिविपन्न समुदायका १० महिला पनि उनीसँगै तरकारी खेतीमा व्यस्त हुन्छन् ।
उनले भनिन, “सरकारले हामीलाई घर त बनाइदिएको छ, तर गरी खाने अवस्था सहज छैन, त्यसैले खाना तथा घर खर्च चलाउनका लागि अहिले १० जना मिलेर सामूहिक तरकारी खेती सुरु गरेका छौँ ।” उहाँहरुले यहाँका एक व्यक्तिको दुई बिघा जमिन वार्षिक रुपमा भाडामा लिएर तरकारी खेती गर्नुभएको छ ।
मासिक रु ३० हजारमा जग्गा भाडामा लिएर गरेको शारदाले बताइन । “आफूहरुले अहिलेसम्म उत्पादन गरेको तरकारी केही बारीबाट र केही हापुरे बजार लगेर बिक्री गर्न सफल भयौँ, आम्दानी पनि राम्रो भयो”, उनले भनिन, “अहिले खुसी पनि छौँ, घरमा खर्च चलाउन सजिलो भएको छ, अब तरकारी खेतीमा रमाएर राम्रो आम्दानी गर्न अझै मेहनत गर्छौ, बेमौसमी तरकारी खेती पनि गर्छौं ।”
सोही ठाउँमा तरकारी खेती गरेकी ४५ वर्षीया वसन्ती गन्धर्वले पनि तरकारी खेतीले आफ्नो दैनिकी धान्न सहज भएको बताइन । उनले भनिन, “यसअघि हाम्रो घरबास त थियो तर, दैनिक रुपमा जीवन चलाउनका लागि कुनै माध्यम थिएन, अहिले भने सहज भएको छ, पर्याप्त सिँचाइ, आधुनिक कृषि औजार नहुँदा भने समस्या हुने गरेको छ ।”
सोही समूहमा तरकारी खेती गरेकी ४० वर्षीया गीता वादीले आफू यसअघि पनि तुलसीपुर बजारमा बसेर विगत १० वर्षसम्म मकै पोलेर बिक्री गरी जिवन निर्वाह गर्दै आएको भए पनि अहिले भने तरकारी खेतीतर्फ आकर्षित भएको बताइन । “अहिले आफ्नै ठाउँ गाउँमा तरकारी खेतीमा रम्न पाउँदा निकै खुसी छु, मेहनतअनुसार आम्दानी पनि गर्न सकेका छौँ, आफूहरुले गरेको तरकारी खेती हेर्न अहिले धेरै आउनुहुन्छ, केही समयअघि गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षसहितको टोली आयो, उहाँहरुलाई आफैले उत्पादन गरेको टमाटर, भन्टा, आलु तरकारीको माला लगाएर स्वागत ग¥यौँ, त्यसबाट पनि निकै खुसी लाग्यो”, उनले भनिन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ
पुष २१, २०८१ आइतबार
यस वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान
पुष १९, २०८१ शुक्रबार
एकै परिवारद्वारा एक वर्षमा ३४ लाखको अलैँची उत्पादन
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार