बढ्यो दुधको मूल्य, अब डीडीसीको प्रतिलिटर ९७ रुपैयाँ कायम
नेपालबहस संवाददाता
चैत १, २०७९ बुधबार २३:४४:२३
१ चैत, काठमाडौं । सरकारले दुधको उत्पादन मूल्य बढाएपछि समग्र बजारमा दुधको मूल्यबृद्धि भएको छ । सरकारी स्वामित्वमा रहेको नेपाल दुग्ध विकास संस्थान (डीडीसी) ले पनि प्रतिलिटर ११ रुपैयाँले बढाउँदै बिहीबारबाट प्रतिलिटर दुधको मूल्य ९७ रुपैयाँ पुर्याउने भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले डीडीसीलाई मूल्य बढाउन अनुमति दिएको मन्त्रालयका एक कर्मचारीले नेपालबहसलाई जानकारी दिएका छन् । मूल्य बढेसँगै सर्वसाधारण उपभोक्ताले अब बजारबाट दुध खरिद गरेर खान नसक्ने अवस्था आएको छ ।
यसअघि सरकारी स्वमित्वको डीडीसीले प्रतिलिटर ८६ रुपैयाँमा बिक्रीवितरण गर्दै आएको थियो । डीडीसीले दूधको मूल्य प्रतिलिटर ११ रुपैयाँले बढाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लिखित सहमतिमा बिहीबारदेखि लागू हुने गरी दूधको उपभोक्ता मूल्य बढाउने निर्णय भएको ती कर्मचारीले बताए । संस्थानलाई भोलीदेखि मूल्य बढाएर बेच्न भनिएको छ । उसले पनि मन्त्रालयमा भएको सहमति अनुसार प्रतिलिटर ११ रुपैयाँ बढाएर बिक्री वितरण गर्नेछ ।
अब डीडीसीको दूधको प्रतिलिटर मूल्य ८६ रुपैयाँबाट बढाएर ९७ रुपैयाँ कायम गरिएको उनले बताए । सरकारले यसअघि वृद्धि गरेको दूधको किसान मूल्य पनि बुधबार १ चैतदेखि लागू गर्ने निर्णय भएको थियो । संस्थान बोर्ड बैठकले मन्त्रालयको सिफारिसमा दूधको मूल्य ११ रुपैयाँले वृद्धि गर्ने निर्णय भएको जानकारी दिएको छ । बढेको दूधको उपभोक्ता मूल्य बिहीबारदेखि लागू हुनेछ भने किसान मूल्य आजैदेखि कार्यान्वयनमा आउने भएको छ । दही, पनिर लगायतका दुग्ध पदार्थको मूल्य भने केही दिनमा मात्रै मूल्य बढाइने भएको छ ।
गत १९ फागुनमा सरकारले किसानले पाउने दूधको मूल्य बढाउने निर्णय गरेको थियो । ३ प्रतिशत फ्याट ८ एसएनएफयुक्त दूधको किसान मूल्य ५६ रुपैयाँबाट बढाएर सरकारले ६५ रुपैयाँ पुर्याएको थियो । त्यसको एक सातापछि २५ फागुनमा निजी क्षेत्रका डेरी उद्योगहरुले दूध तथा दुग्ध पदार्थको मूल्य वृद्धि गरेका थिए । निजी डेरीहरुले दूधको मूल्य लिटरमा १४ रुपैयाँले बढाएका थिए भने दुग्धजन्य पदार्थको मूल्य लिटरमा २ सय रुपैयाँसम्मले बढाएका थिए । मूल्य बढसँगै कम आय भएका सर्वसाधारण भने मर्कामा परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार