चक्रे मिलनको मुद्दामा सर्वोच्चले दिएको आदेशमा हेरफेर
नेपालबहस संवाददाता
चैत १, २०७९ बिहिबार ०:१०:५४
१ चैत, काठमाडौं । अपराधिक तवरले अकूत सम्पत्ति कमाएको आरोपमा दायर मुद्दामा विशेष अदालतले सफाइ दिएको फैसलाविरुद्ध सम्पत्ति शुद्धिकरण विभागले पुनरावेदनमाथि सर्वोच्च अदालतले बुधबार दिएको आदेशमा हेरफेर गरिएको छ ।
४ वर्षदेखि विचराधीन रहेको मिलनविरुद्धको पुनरावेदनमाथि सुनुवाईका लागि पहिलो नम्बरमै न्यायाधीशद्व प्रकाशकुमार ढुंगाना र नकुल सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको थियो । सुनुवाइ पनि भयो । सुनवाइ भएको झण्डै ३ घण्टापछि सर्वोच्च प्रशासनले आफ्नो वेभसाइटमा ‘आदेश फैसलाको किसिम’ कोलममा ‘मिसिल कागज झिकाउने’ उल्लेख गरेको थियो ।
त्यसको केही समयपछि उक्त स्थानमा ‘अन्य’ उल्लेख गरिएको छ । मिलनले धम्की, लुटपाट र गुण्डागर्दी गरेर अपराधिक तवरले ६ करोड भन्दा बढी रकम जम्मा गरेको भन्दै बिगो जरिवाना र कैद सजायको माग गरिएको मुद्दामा विशेषले सफाइ दिएपछि सफइ फैसला बदरको माग पुनरावेदनमा गरिएको छ । मिलनपत्नी इन्दिरा घले गुरूङलाई पनि कैद सजाय र बिगाे जरिवाना माग गरिएकाे छ ।
यसअघि क्रिकेटर सन्दीप लामिछानेले विदेश जान रोक लगाएको उच्च अदालत पाटनको आदेशको बदर माग गर्दै दायर रिटनिवदेनमा सर्वोच्चले सुरुमा दिएको आदेशलाई हेरफेर गर्दै ‘खुकुलो’मा बनाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार