नेपाल र युएईबीचको खेल हेर्न प्रधानमन्त्री पुगे त्रिवि खेल मैदान, १५ हजार बढीको उपस्थिति
नेपालबहस संवाददाता
चैत २, २०७९ बिहिबार १५:४२:१५
२ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र यूएई बीचको खेल हेर्न कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुगेका छन् । नेपाली क्रिकेटरलाई हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड कीर्तिपुरस्थित क्रिकेट मैदानमा पुगेका हुन् । प्रधानमन्त्री प्रचण्ड पुगेपछि नेपाल र युएईबीचको क्रिकेट सुरु भएको छ । विश्वकप लिग २ अन्तर्गतको अन्तिम खेल अघि उनले मैदानमै पुगेर खेलाडीहरूलाई शुभकामना दिएका छन् ।
नेपाली टिमको हौसला बढाउन प्रधानमन्त्री मैदानमै उपस्थित भएका हुन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । नेपालले आज टोलीमा एक परिवर्तन गरेको छ । तिब्र गतिका बलर करण केसीको स्थानमा गुल्सन झालाई मौका दिइएको छ । नेपालले प्रतिश जि.सी. ज्ञानेन्द्र मल्ल र करण केसीलाई बेन्चमा राखेको छ । टोलीमा अन्य परिवर्तन छैन । उता युएईले तीव्र गतिका बलर जुनैद्द सिद्दिकलाई मौका दिँदा जवार फरिदलाई बेन्चमा राखेको छ ।
घरेलु टोली नेपालले आज युएईलाई पराजित गर्न सके जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै खेल्न पाउछ । यदि पराजित भएमा यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । साढे ९ बजेदेखि सुरू हुने खेलमा बिहान सात बजेदेखि दर्शकहरू रंगशाला पुगेका थिए । मैदान प्रवेशको लागि सयौँ समर्थकको भिड लागेको छ ।
क्यानले बुधबार साँझ नै सबै टिकट बिक्री भइसकेको जानकारी दिएको छ । क्यानले ११ हजार टिकट बिक्रि भएको जानकारी दिँदै आज बिहान गेटमा टिकट नबेच्ने जानकारी दिएको थियो । यो खेल हेर्नका लागि समर्थकको बिहानैदेखि भिड लागेको छ । सुरक्षाकर्मीलाई व्यवस्थापन गर्न मुस्किल पर्ने देखिएको छ । लिग–२ को अन्तिम श्रृंखलाको यो खेल नेपालका लागि निर्णायक मानिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कन्ताराः च्याप्टर-१ को सुटिङ बस दुर्घटनाग्रस्त, २० जना घाइते
मंसिर ११, २०८१ मंगलबार
विदेश भ्रमणमा कडाई, व्यक्तिगत कामका लागि विशेष तथा कूटनीतिक राहदानी प्रयोग गर्न नपाइने
मंसिर ११, २०८१ मंगलबार
पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
बालकृष्णको ‘चपुर घुम्न जाउँ...’ गीत सार्वजनिक
मंसिर ११, २०८१ मंगलबार
न्यायाधीश नियुक्तिबारे न्याय परिषदमा छलफल सुरु
मंसिर ११, २०८१ मंगलबार
खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई
मंसिर ११, २०८१ मंगलबार