बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
नेपालबहस संवाददाता
चैत २, २०७९ बिहिबार १६:२७:२०
२ चैत, काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । निरन्तर बढिरहेको अमेरिकी डलरको मूल्य पनि १७ पैसाले बढेको छ । अघिल्लो पनि दिन करिब एक रुपैयाँले बढेको थियो।
राष्ट्र बैंकका अनुसार बिहीबारको विनिमयदरमा एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४६ पैसा तोकिएको छ।यसअघि बुधबार भने यसको खरिदमूल्य १३१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३२ रुपैयाँ २९ पैसामा कारोबार भएको थियो ।
बिहिबार लागि एक युरोको खरिददर १४० रुपैयाँ ६ पैसा र बिक्रीदर १४० रुपैयाँ ७० पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १ रुपैयाँ ४ पैसाले घटेको हो। बुधबार यसको खरिददर १४१ रुपैयाँ १० पैसा र बिक्रीदर १४१ रुपैयाँ ७४ पैसा थियो ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर बिहिबार १५९ रुपैयाँ १६ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८८ पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ५६ पैसा र बिक्रीमा ८७ रुपैयाँ ९६ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ९६ रुपैयाँ ४० पैसा पाइन्छ। बिहीबार कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ११ पैसा र बिक्रीमा ३६ रुपैयाँमा २७ पैसा कायम गरिएको छ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ११ पैसा र बिक्रीदर ३५ रुपैयाँ २७ पैसा तोकेको छ। यूएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९० पैसा र बिक्रीमा ३६ रुपैयाँ ७ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ ४१ पैसा र बिक्रीमा २९ रुपैयाँ ५४ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ७४ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ६९ पैसा तोकिएको छ। त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ८० पैसा र बिक्रीदर ३५१ रुपैयाँ ३९ पैसामा किनबेच भएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
एसिया कप क्रिकेटः नेपालविरुद्धको खेलमा बङ्गलादेशले टस जित्यो
पुष ५, २०८१ शुक्रबार
नेपाल र बङ्गलादेशबीचको खेलमा वर्षा बाधक
पुष ५, २०८१ शुक्रबार