प्रभु बैंकको वित्तीय अवस्था नाजुक भएपछि ठूला संस्थापक शेयरधनी बाहिरिदै, गुन्द्रुकको भाउमा ५ लाख कित्ता शेयर बिक्रीमा
नेपालबहस संवाददाता
चैत २, २०७९ बिहिबार १९:३४:३८
२ चैत्र, काठमाडौं। संस्थागत सुशासनको चरम अभाव र दिन प्रतिदिन खस्कदै गएको प्रभु बैंकको वित्तीय अवस्थाले गर्दा बैंकका संस्थापक शेयरधनीहरु अत्तालिन थालेका छन् । जसको फलस्वरुप बैंकका संस्थापक लगानीकर्ताहरुले आफ्नो शेयर लिलामीमा चढाउन थालेका छन् ।
दोस्रो बजारमा साधारण शेयर जम्मा १८० को हाराहारीमा मात्र बिक्री हुने गरेको प्रभू बैंकको संस्थापक शेयर जम्मा १२५ देखि १५० को दरभाउमै खरिद गर्न पाईने भएको छ । प्रभु बैंकका सात जना ठूला संस्थापक शेयरधनीहरुले आज २ चैत्रदेखि ३५ दिने म्याद राखेर आफ्नो स्वामित्त्वको कुल ५ लाख ७ हजार ९३७ कित्ता शेयर बेच्न भन्दै सार्वजनिक सूचना निकालेका छन् ।
यसबाट पनि प्रभु बैंकको वर्तमान सञ्चालक समिति र उच्च व्यवस्थापनको भ्रष्ट प्रवृत्ति र बैंकभित्र घटेका दर्जनौंको घोटालाको पटाक्षेप धमाधम सार्वजनिक हुन थालेपछि संस्थापक शेयरधनीहरुले गुन्द्रुककै मूल्यमा आफ्नो शेयर बेच्न लागेको अनुमान गर्न सकिन्छ ।
बैकले आज जारी गरेको सूचना अनुसार बैंकका ठूला शेयरधनी मानिने बिनिता अधिकारीले २ लाख कित्ता संस्थापक शेयर बिक्री गर्न लागेकी छन् । अर्का शेयरधनी संजय कुमार मोरले ३८ हजार २८६ कित्ता शेयरबिक्रीमा राखेका छन् । त्यस्तै श्रवणकुमार अग्रवाल र राजेशकुमार अग्रवालले पनि बराबर ५९ हजार ७५९ कित्ता शेयर बिक्रीमा राखेका छन्।
त्यसैगरी भोजकुमार सिटौलाले ३३ हजार १८ कित्ता, सुचित्र मान शाक्यले ३० हजार ६५० कित्ता, कृष्ण प्रसाद आचार्यले ८६ हजार ४६८ कित्ता शेयर लिलामीमा राखेका छन् । सबै बिक्रेताहरुले अपेक्षित मूल्य पनि निर्धारण गरेर निवेदन पेश गरेका छन्। जसमा १२५ रुपैयाँदेखि १५० रुपैयाँ प्रति कित्ताको दरभाउ उल्लेख छ । राष्ट्र बैंकको व्यवस्था अनुसार बैंकका विद्यमान संस्थापकले मात्र शेयर खरिद गर्न सक्नेछन्।
बैंकले ३५ दिने म्यादसहितको सूचना सार्वजनिक गरेको छ। उक्त अवधिभित्र शेयर बिक्री नभएर साधारण लगानीकर्ता र संस्थाहरुको लागि आव्हान हुनेछ। बैंकले बिहिबार सूचना निकालेको हो। इच्छुक संस्थापकले म्याद अवधिभित्र किन्न चाहेको शेयर कित्ता र आशय मूल्यसहितको निवेदन पेश गर्नुपर्नेछ। निवेदन बैंकको प्रधान कार्यलयमा बुझाउनु पर्ने सूचनामा उल्लेख छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिमा जस्तै शेयर बजारमा पनि उतारचढाव
फागुन २५, २०८० शुक्रबार
तीन पटक सर्किट ब्रेक लागेर आजको कारोबार बन्द
मंसिर २४, २०८० आइतबार
तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगन
मंसिर १८, २०८० सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार