अन्तर्राष्ट्रिय भोजपुर गोल्डकपमा आठ टोली सहभागी
नेपालबहस संवाददाता
चैत २, २०७९ बिहिबार २१:१२:१८
२ चैत, भोजपुर । यही चैत १० देखि भोजपुरमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपमा नेपालसहित बाहिरी दुई टोली सहभागी हुने भएका छन् ।
प्रत्येक वर्ष सञ्चालन हुने जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिता चैत १६ गतेसम्म सञ्चालन हुनेछ ।
आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रविण सुवालका अनुसार प्रतियोगितामा नेपालभित्रका छ र बाहिरी दुई टिमको सहभागिता हुनेछ । जसमा युकेएफसी भारत र एभिनियर फुटबल क्लब क्यामरुन बहिरी टिमले सहभागिता जनाउनेछन् भने भोजपुर जिल्ला फुटबल सङ्घ, एनबिवाइसी सप्तरी, गोर्खा ब्वाइज रुपन्देही, डाँगीहाट युथ क्लब मोरङ, भगवती स्पोर्टस् क्लब खोटाङ र बसाहा क्लब उदयपुर नेपाली टिम हुनेछन् ।
अध्यक्ष सुवालले भन्नुभयो, “विगतमा सञ्चालन भएको प्रतियोगिता जिल्लाकै प्रतिष्ठा भएकाले यसलाई तोकिएको समयमा नै सञ्चालन गर्नका लागि सबैको सहयोगको अपेक्षा पनि गरेका छौँ ।” सर्वाधिक राशिको प्रतियोगिताको विजेताले उपाधिसहित नगद रु पाँच लाख पाउने भने उपविजेताले रु तीन लाख प्राप्त गर्नेछ ।
प्रतियोगिता सञ्चालनका लागि करिब रु ३२ लाख खर्च लाग्ने अनुमान गरिएको छ । भोेजपुर नगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालन हुने प्रतियोगिता सञ्चालनका लागि विभिन्न निकायसँग सहयोगका लागि समन्वयसमेत गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता सञ्चालनका लागि आवश्यक तयारी र प्रचारप्रसारको काम सुरु गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि सबै पक्षसँग आयोजक पक्षले सहयोगको अपेक्षासमेत गरेको भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष सुवालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
कोपा अमेरिकाको क्वाटरफाइनलको समीकरण पुरा
असार १९, २०८१ बुधबार
उरुग्वे र पानामा कोपा अमेरिकाको क्वाटरफाइनलमा
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
असार २१, २०८१ शुक्रबार
प्रधानमन्त्रीले राजीनामा नदिने, छिट्टै विश्वासको मत लिने
असार २०, २०८१ बिहिबार
अशोक राई नेतृत्वको जसपाले पनि फिर्ता लियो सरकारलाई दिएको समर्थन
असार २१, २०८१ शुक्रबार
महिलाको ३३ र दलितको १४ प्रतिशत सीट सुरक्षित गरेर समानुपातिक प्रणाली हटाउनुपर्छः कोइराला
असार २१, २०८१ शुक्रबार
सन्दीपलाई क्यानले दियो ए ग्रेडको केन्द्रीय सम्झौता
असार २१, २०८१ शुक्रबार
सहकारी ठगीः ११ अर्ब ६६ करोड रकम दाबिसहित ५५ हजार ४ सय पीडितले दिए उजुरी, ९८ मुद्दा कारवाहीमा
असार २१, २०८१ शुक्रबार
असार २८ गते विश्वासको मत लिन प्रधानमन्त्रीले संसद सचिवालयमा पठाए पत्र
असार २१, २०८१ शुक्रबार
रौतहटमा १ हजार ७०० वटा भारतीय चल्ला सशस्त्र प्रहरीद्वारा बरामद
असार २१, २०८१ शुक्रबार