सियारीमा ९५ प्रतिशत योजना सम्झौता
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
चैत २, २०७९ बिहिबार २१:२८:४८
![](https://nepalbahas.prixacdn.net/media/albums/siyari-scaled-e1678960723949_oE8C5t4C5j.jpg)
२ चैत, लुम्बिनी । रुपन्देहीको सियारी गाउँपालिकाले चालु आर्थिक वर्षमा छनोट भएका योजनाको काम प्रभावकारीरुपमा अगाडि बढाएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षका लागि छनोट गरी गाउँसभाबाट पारित भएका योजनामध्ये ९५ प्रतिशत योजनाको सम्झौता गरी कामको सुरुआत गरिसकेको जनाएको छ ।
सम्झौता भएका एक सय ७८ योजनामध्ये ६० वटा योजनाको निर्माण सम्पन्न भइसकेको योजना शाखा प्रमुख रोमलाल पुरीले जानकारी दिए । पालिकाले सडक, नाली, कल्भर्ट, भवन तथा आवास निर्माण, धर्मशाला निर्माणलगायतका पूर्वाधार निर्माणका काम अगाडि बढेको उनको भनाइ छ ।
गाउँपालिकाले पालिकाभित्र सुरु भएका विकास निर्माणका कामको अनुगमनलाई पनि तीव्रता दिएको छ । पालिकाले विभिन्न उपभोक्ता समूह तथा ठेक्का सम्झौतामार्फत निर्माण व्यवसायीले सुरु गरेका विकास निर्माणका कामको गुणस्तर तथा कामको प्रगतिबारे बुझ्नका लागि अनुगमनलाई तीव्रता दिइएको गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक तारा थारुले जानकारी दिए ।
उनले समयमै काम नगर्ने तथा गुणस्तरहीन काम गर्ने उपभोक्ता समिति तथा निर्माण व्यवसायीको कुनै पनि रकम भुक्तानी नहुने बताए । उपाध्यक्ष थारुको संयोजकत्वमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, योजना शाखा प्रमुख रोमलाल पुरी, आर्थिक प्रशासन शाखा प्रमुख नारायणप्रसाद पौडेल, सम्बन्धित वडाका जनप्रतिनिधि लगायतले निर्माणाधीन योजनाको अनुगमन गर्ने गरेका छन् ।
सियारीमा गाउँपालिकास्तरका रु १० करोड ७१ लाख ६९ हजार बराबरका तथा वडास्तरमा रु सात करोड २१ लाख बराबरका योजना निर्माणको चरणमा छन् । सियारीले सडक निर्माण, कुलो निर्माण, बाँध निर्माण, भवन तथा आवास नर्माण, विद्यालयका भवन निर्माणलगायतका कामलाई प्राथमिकतामा राखेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुरु भयो जाजरकोट भूकम्पपछिको पुनर्निर्माण
फागुन ६, २०८१ मंगलबार
मझगाउँ विमानस्थलको निर्माण कार्य तत्काल अगाडी बढाउने सहमति
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
रिंकुकुमारी मृत्यु प्रकरणको अनुसन्धान गर्न मधेश सरकारले बनायो एसएसपीको नेतृत्वमा समिति
फागुन ६, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणः धरौटीमा रिहा भएका रवि लामिछाने तारेखका लागि धाइरहेका छन अदालत
फागुन ६, २०८१ मंगलबार
पहिलो तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि
फागुन ६, २०८१ मंगलबार
सन् २०३५ मा उत्सर्जन ६० प्रतिशतले घटाउने जापानको लक्ष्य
फागुन ६, २०८१ मंगलबार
स्कुल बस दुर्घटना बढेपछि विशेष जाँच अभियान थालियो
फागुन ६, २०८१ मंगलबार
प्रकृति लम्सालको शङ्कास्पद मृत्युको विषयमा माइतीघर मण्डलामा विरोध [ फोटो फिचर ]
फागुन ६, २०८१ मंगलबार