मन्त्रिपरिषदबारे तीन नेताबीच छलफल, नेकपा एसको गृहमा दावी
नेपालबहस संवाददाता
चैत ३, २०७९ शुक्रबार १९:४२:२०
३ चैत, काठमाडौं । सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच मन्त्रिपरिषद विस्तारबारे छलफल भएको छ । उपराष्ट्रपतिको निर्वाचनमा मतदान गरेपछि उनीहरुबीच छलफल भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच विश्वासको मतका लागि वतावरण तयार गर्ने र मन्त्रिपरिषदमा कसरी सहमति जुटाउने भन्ने विषयमा छलफल केन्द्रित भएको बताइएको छ । छलफलका क्रममा अध्यक्ष नेपालले गृहमा दावी राखेका छन् ।
उपराष्ट्रपति निर्वाचनमा मतदान गरेपति तीन नेता केहि छलफल गर्नुछ भन्दै संसद भवनभित्र रहेको प्रधानमन्त्री कक्षमा गएका थिए । उनीहरूसँग अन्य केहि नेताहरुपनि पनि सहभागि रहेका थिए । छलफलमा सहभागि एक नेताका अनुसर छलफल सुरु भएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पहिले भत्किएको गठबन्धनलाई जोडेर फेरी यहासम्म ल्याउने काम भयो । तपाइहरुका सबै माग पुराभइसके अब मेरो माग्ने पालो आयो भन्दै विषय प्रवेश गराएका थिए ।
उनले विश्वासको मत पनि सहज रुपमा पाउने अवस्था छ । सरकार विस्तारको कुरामा सहमति गरेर टुंग्याउनेपर्छ भन्दै अब सरकारलाई अलमल्याएर राख्न नहुने बताएका थिए । आफ्नो पार्टीले राष्ष्ट्रपति, उपराष्ट्र, सभामुख र उपसभामुखसम्म सहमति अनुसारको भूमिका निभाएको र पार्टीमा पनि अब सरकारमा जाँदा राम्रो र वजनदार मन्त्रालय दिनेपर्ने माग भइरहेकाले गृहसहित अरु दूई मन्त्रालय नेकपा एसले पाउनुपर्ने माग दुइ नेताबीच राखेका थिए ।
उनले अर्थ, परराष्ट्र, रक्षा, भौतिक र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमध्ये कांग्रेस र माओवादीले कुन कुन लिने हो त्यो लिनु तर, गृह मन्त्रालय नपाउने अवस्था आए आफुलाई पार्टीभित्र पनि गाह्रो हुने नेपालले बताएका थिए । प्रधानमन्त्री प्रचण्डले चैत ६ मा विश्वासको मत लिँदैछन् । त्यसपश्चात् सरकार विस्तार गर्ने गठबन्धन दलभित्र तयारी छ । रास्वपा, राप्रपा र एमालेले सरकार छाडेपछि १६ मन्त्रालय खालि छन् । संसद् बैठक भने ५ गतेका लागि बोलाइएको छ । उपराष्ट्रपतिको मतपरिणमा सार्वजनिक भएपछि नेताहरु विवासको मत र मन्त्रिपरिषद विस्तारको सहमतितर्फ लाग्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
आज यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
मंसिर ११, २०८१ मंगलबार
आज काठमाडौं यी स्थानमा बिजुली काटिने
मंसिर ११, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर ११, २०८१ मंगलबार