विधेयक हेरेपछि संक्रमणकालीन न्यायबारे धारणा आउँछः ओली
नेपालबहस संवाददाता
चैत ३, २०७९ शुक्रबार २२:२:४
३ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिप्रक्रियाका बाँकी काम समयमा नै सम्पन्न गर्न आवश्यक भएपनि सरकारले ल्याएको संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक हेरेर मात्र एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन् ।द्वन्द्वकालीन घटनालाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि सरकारले यससम्बन्धी विधयक संसदमा दर्ता गराएको छ । शान्तिप्रक्रियालाई चाँडो सक्नुपर्छ भन्ने पक्षमा एमाले रहेपनि विधेयक हेरेपछि मात्र आवश्यक धारणा तय गर्ने उनले बताए ।
उपराष्ट्रपतिको निर्वाचनमा मतदान गरेर फर्किएका ओलीसँग सञ्चारकर्मीहरुले प्रश्न गरेपछि उनले संक्रमणकालीन न्यायका विषयमा सरकारले ल्याएको विधेयक हेरपछि मात्र एमालेको धारणा सार्वजनिक हुने बताएका छन् । उनले उपराष्ट्रपतिको निर्वाचन प्रक्रया एक डेमोक्रेटिक सिस्टम भएकाले यसमा हारजित हुनु त स्वाभाविक रहेको भन्दै यतिबेला डेमोक्रेटिक सिस्टमभन्दा पनि साँठगाँठे सिस्टम हावी भएको बताए । अध्यक्ष ओलीले वर्तमान गठबन्धनमा गडबडी हुनसक्ने अशंका पनि ब्यक्त गरे ।
सञ्चारकर्मीहरूको प्रश्नमा अध्यक्ष ओलीले कांग्रेसका केही नेताको भनाइका कारण गडबडीको अनुमान गर्न सकिने बताए । कांग्रेस महामन्त्री गगन थापाले एमालेसँग तत्काल सरकारमा सहकार्य नहुने बताएका थिए । राष्ट्रपति निर्वाचनका दिन एमाले अध्यक्ष ओलीले कांग्रेससँग कहिल्यै नमिल्ने कसम नखाएको बताएका थिए । त्यसैको जवाफमा कांग्रेस महामन्त्री थापाले एमालेसँग तत्काल सहकार्य सम्भव नभएको बताएका थिए । उनले २०८४ सालमा प्रतिपक्षी नेताका रूपमा ओलीलाई भेट्ने बताएका थिए । उनले भनेका थिए, ’२०८४ मा त्यो सम्भावना हुन सक्छ । हामी बालकोट आउँछौं । प्रमुख प्रतिपक्षी दलको नेतालाई भेटघाट गर्छौं ।’
उनले आफुले अस्ति सरकारमा कांग्रेससँग सहकार्य कहिल्यै हुँदैन भन्ने कसम खाएको छैन मात्र भनेको भन्दै कांग्रेसलाई प्रतिपक्षमा भेट्न ०८४ सालमा पर्खुनु नपर्ने बताए । साँठगाँठका कारण राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन लोकतान्त्रिक विधिबाट नभएको उनको भनाइ थियो ।कांग्रेससँगको सहकार्यका विषयमा अहिले नै भन्ने बेला नआएको पनि उनले बताए । ओलीले केहीबेर सञ्चारकर्मीहरुबीच रोचक सवाल जवाफ गरेका थिए । संक्रमणकालीन न्यायसम्बन्धी विषय नटुग्याउँदा राम्रो नभएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
आज यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
मंसिर ११, २०८१ मंगलबार
आज काठमाडौं यी स्थानमा बिजुली काटिने
मंसिर ११, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर ११, २०८१ मंगलबार