खेलकुद क्षेत्रले राष्ट्रको इज्जत र गौरव बढाएको छः राष्ट्रपति पौडेल
नेपालबहस संवाददाता
चैत ३, २०७९ शुक्रबार २२:५१:२५
३ चैत, काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्रले राष्ट्रको मान र गोरव बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको भन्दै यसलाई राज्यले उपेक्षा गर्न नमिल्ने बताएका छन् ।
आईसीसी लिग २ मा तेस्रो स्थान प्रप्त गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रबार शीतलनिवासमा बोलाएर बधाइ दिँदै राष्ट्रपति पौडेलले सरकारले खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्न नहुने बताउँदै यस क्षेत्रको उत्थानका लागि राज्यले विशेष ध्यान दिनुपने बताए ।
उनले नेपाली क्रिकेट टिमले राष्ट्रको इज्जत र गौरवलाई बढाएको भन्दै खुसी व्यक्त गरे । नेपालमा खेलकुद क्षेत्रमा पूर्वाधारको कमी रहेको भन्दै देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्ने आवश्यक्ता उनले औंल्याएका थिए ।
उनले भने, ‘राष्ट्रको इज्जत र गौरवलाई बढाएर तपाईँहरु विश्वकपको यात्राका लागि जाँदै हुनुहुन्छ । मैले हिजो चासो दिएर हेरेँ । असाध्यै राम्रो खेल थियो । दर्शकहरु पनि धेरै प्रफुल्ल हुनुहुन्थ्यो । पूर्वाधारको कमी रहेको छ । तर पनि यस्तो सफलता प्राप्त गर्नुभएको छ, यो ठूलो कुरा हो ।’
राष्ट्रपति पौडेलले यो क्षेत्रलाई कुनै पनि बहानामा उपेक्षित क्षेत्रमा राख्न नमिल्ने बताए । यसमा विश्वका देशहरुसँग प्रतिष्पर्धा हुने र यसले देशको सान र इज्जत राख्ने भएकाले खेलकुद क्षेत्रको पूर्वाधार बढाएर खेलाडीहरुको मनोबल बढाउन सरकारले भूमिका निभाउनसपर्ने बताए । राष्ट्रपति पौडेलले खेलाडीहरुको मनोबल बढाउन सरकार लाग्नुपर्ने बताउँदै हेरक क्षेत्रले यो क्षत्रलाइृ महत्व दिएर काम गर्नुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
आज यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
मंसिर ११, २०८१ मंगलबार
आज काठमाडौं यी स्थानमा बिजुली काटिने
मंसिर ११, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर ११, २०८१ मंगलबार