अमेरिकी बैंक भन्दा युरोपेली बैंकहरू बलिया छन् : फ्रान्सेली केन्द्रीय बैंक प्रमुख
नेपालबहस संवाददाता
चैत ३, २०७९ शुक्रबार २२:४८:५९
३ चैत, एजेन्सी । युरोपेली बैंकहरूको अवस्था अमेरिकी ऋणदाताहरूको जस्तो नभएको फ्रान्सको केन्द्रीय बैंक प्रमुखले बताएका छन् । अमेरिकामा देखिएको बैङ्किङ सङ्कटको त्रासका बीच उनले शुक्रबार सो टिप्पणि गरेका हुन् ।
उनले भने यस क्षेत्रका बैङ्कहरू ‘अत्यन्तै ठोस’ आकारमा छन् । दुई अमेरिकी ऋणदाताहरूको असफलताले यस क्षेत्रमा सङ्क्रामक स्थिति सृजना हुने डर बढाएको छ । समस्याग्रस्त युरोपेली बैंकिंङ विशाल क्रेडिट सुइसले स्विस केन्द्रीय बैंकबाट ४ ५४ अर्बसम्म ऋण लिनु परेको छ।
युरोपेली केन्द्रीय बैंकको गभर्निङ काउन्सिलका सदस्य फ्रान्कोइस भिलेरोय डे गाल्हाउले बीएफएम बिजनेस टेलिभिजनलाई अन्तर्वार्ता दिदै सो टिप्पणी गरेका हुन् । ‘फ्रान्सेली र युरोपेली बैङ्कहरू अत्यन्तै बलिया छन्, अमेरिकी बैंकहरू जस्तै स्थितिमा छैनन्’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोभिडसम्बन्धी जानकारी ‘केही नलुकाई’ साझा गरेको चीनको दाबी
पुष १६, २०८१ मंगलबार
जापानमा भारी हिमपात हुँदा दर्जनौँ उडान रद्द
पुष १६, २०८१ मंगलबार
ओलम्पिक, उथलपुथल र ट्रम्पको वर्षपछि विश्वले सन् २०२५ लाई स्वागत गर्दै
पुष १६, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १७, २०८१ बुधबार
एकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार
फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने
पुष १६, २०८१ मंगलबार
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पुष १६, २०८१ मंगलबार
‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने’
पुष १६, २०८१ मंगलबार