प्रभु बैंकले सी.जी इलेक्ट्रिक भेहिकलको लागि सर्वसुलभ कर्जा दिने
नेपालबहस संवाददाता
चैत ३, २०७९ शुक्रबार २३:४२:४२
३ चैत, काठमाडौं । प्रभु बैंक लिमिटेडले सी.जी इलेक्ट्रिक भेहिकलको लागि सर्वसुलभ तरिकाले कर्जा दिने भएको छ । विद्युतीय सवारीसाधनमा लगानीका लागि प्रभु बैंक लिमिटेड र सी.जी मोटर्स प्रा.लि बीच सम्झौता सम्पन्न भएको हो ।
सम्झौताका बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सी.जी मोटर्स प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले उक्त सम्झौतामा हस्ताक्षर गरेको बैंकले जनाएको छ ।
प्रभु बैंक र सी.जी मोटर्स प्रा.लि. बिच सम्पन्न उक्त सम्झौता अनुसार सी.जी मोटर्स प्रा.लि.बाट ग्राहक महानुभावहरुलाई सी.जी मोटर्सले आयात गरेको नेटा भी मोडेल÷ब्राण्डका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ ।
हाल बैंकको देशभर रहेको ३६५ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार
फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने
पुष १६, २०८१ मंगलबार
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पुष १६, २०८१ मंगलबार
‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने’
पुष १६, २०८१ मंगलबार