चेलिबेटी बेचबिखनको सन्देशसहित हरिवंशले ल्याए ‘काउली’
नेपालबहस संवाददाता
चैत ३, २०७९ शुक्रबार २३:४५:२२
३ चैत, काठमाडौं । हास्य अभिनेता हरिवंश आचार्यको शब्द, संगीत र स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । लोक लयमा आधारित ‘काउली’ बोलको उक्त गीतमा लोक गायिका शान्तिश्री परियारले उनलाई साथ दिएकी छिन् ।
गीतको भिडियोमा समेत आचार्य स्वयंले अभिनय गरेका छन्। भिडियोमा उनीसँगै पहिलोपल्ट प्रकाश सपुत र प्रियंका कार्कीले एकसाथ जोडी बाँधेका छन् । गीतको भिडियोमा चेलबेटी बेचबिखनको सन्देशसमेत दिन खोजिएको छ । गीतको भिडियो निर्देशन सरोज ओलीले गरेका छन् ।
हरिवंशका अनुसार उनले यो गीते निर्देशक ओलीकै एनिभर्सरीका दिन लेखेका हुन् । ‘एक वर्षअघि म सरोज भाईको एनिभर्सरीको पारिवारिक जमघटमा सहभागी हुन होटल तिब्बेतमा गएको थिएँ,’ हरिवंशले सम्झिए, ‘त्यहीबेला एक्कासी काउलीको प्रसंङ निस्कियो । मेरो मुखमा त्यसै ‘ए काउली, नचिने मान्छे आँखा झिम्काउली’ शब्द फु¥यो । त्यसपछि यसले गीतको स्वरुप पाएको हो । ’
गीत पारिवारिक र सांस्कृतिक कार्यक्रमतिर नाच्न मिल्ने बनेको बताउँछन् आचार्य । ‘बिहे ब्रतबन्धतिर उफ्रिउफ्रि नाच्न मिल्ने गीत बनेको छ, रमाइलो लाग्यो भने दर्शकहरु पनि उफ्रिउफ्रि नाच्न सक्नुहुनेछ,’ उनले भने । यो गीतको श्यामश्वेत रसाईलीले एरेन्ज र गम्भिर विष्टले भिडियो कोरियोग्राफी गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
यज्ञप्रसाद भट्टराई
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
मदन भण्डारीको हत्या सम्बधमा वामदेव र ओलीबीच किन चल्दैछ दोहोरी ?
पुष १, २०८१ सोमबार
मुकुण्डो बनाएर बेच्न बसेका कलाकार तामाङ
पुष १, २०८१ सोमबार
अङ्गदान र प्रत्यारोपणसम्बन्धी जानकारी अब अनलाइनबाटै लिनसक्ने
पुष १, २०८१ सोमबार
जतगढीमा आन्तरिक पर्यटक
पुष १, २०८१ सोमबार