लोकगायक राजेन्द्र लम्सालको अन्त्येष्टि गरियो
नेपालबहस संवाददाता
चैत ३, २०७९ शनिबार ०:२५:४४
३ चैत, काठमाडौं । लोकगायक राजेन्द्र लम्सालको पार्थिव शरीरलाई आज स्पेनबाट नेपाल ल्याई विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ । लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरसहितको टोली र परिवारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज मध्याह्न शव बुझेपछि पशुपतिस्थित शवदाह गृह परिसरमै शोकसभासहित श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको थियो ।
तेह्र दिनसम्मको काम स्याङ्जा गएर नै गर्ने र अस्तु पनि उतै लगेर विसर्जन गर्ने तय भएको गायक लम्सालका भान्जा दीपेन्द्र रेग्मीले जानकरी दिए । चलचित्र निर्मातासमेत रहनुभएका रेग्मीका अनुसार गायक लम्सालको तीन श्रीमती, तीन छोरा र एक छोरी छन ।
लम्साल लोक गायन क्षेत्रका पाका गायक मानिन्छन । स्पेनमा बस्दै आउनुभएका लम्सालको गत फागुन २३ गते ६० वर्षको उमेरमा मृत्यु भएको थियो । स्पेनमा ‘जापान टोकियो’, ‘डोरीको तीन फुदा’, ‘वालिङ फिरफिरे’, ‘शिरमा रिबन सलको पछ्यौरी’, ‘भीरको टुनी हो’, ‘मस्र्याङ्दीको पुल’, ‘आमा तिम्रो दूधको भारा’, ‘राइनासकोटको भीर’, ‘निलो पछ्यौरी’ लगायत गीतमार्फत उनी स्थापित भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगैँडाको आक्रमणमा परी दुईजना घाइते
पुष १६, २०८१ मंगलबार
सर्लाहीको बरहथवामा ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
पुष १६, २०८१ मंगलबार
जिप दुर्घटनामा एकजनाको मृत्यु
पुष १४, २०८१ आइतबार
एकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार
फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने
पुष १६, २०८१ मंगलबार
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पुष १६, २०८१ मंगलबार
‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने’
पुष १६, २०८१ मंगलबार