नेपाल भ्रमणमा आउन भारतीय समकक्षीलाई राष्ट्रपतिको निमन्त्रण
नेपालबहस संवाददाता
चैत ३, २०७९ शनिबार २:५१:३१
३ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय समकक्षी द्रौपदी मुर्मूलाई नेपाल भ्रमणमा आउन निमन्त्रण दिएका छन् । शुक्रबार भएको दुई देशका राष्ट्रपतिबीको टेलिफोन संवादका क्रममा राष्ट्रपति पौडेलले भारितय समकक्षी मुर्मूलाई नेपाल भ्रमणम आउन आग्रह गरेका हुन् । भारती राष्ट्रपति मुर्मूले आज दिउसो टेलिफोन गर्दै नेपालका राष्ट्रपति पौडेलालाई बधाइ दिएकी थिइन् ।
सोही क्रममा पौडेलले उनलाई नेपाल भ्रमणको निम्ता दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । शुक्रबार भारतीय राष्ट्रपति मुर्मूले टेलिफोन गर्दै पौडेललाई बधाई दिएको राष्ट्रपति पौडेलका प्रमुख स्वकीय सचिव सुरेशचन्द्र चालिसेले जानकारी दिएका छन् । चालिसेका अनुसार संवादको क्रममा राष्ट्रपति पौडेलले मुर्मूलाई नेपाल भ्रमणको निम्तो दिँदै पशुपतिनाथ दर्शन गर्न आग्रह गरेका थिए ।
भारतको केरला राज्यको भ्रमणमा रहेकी मुर्मूले राष्ट्रपतिमा पदभार ग्रहण गरेकोमा पौडेललाई शुक्रबार बधाई दिएकी हुन् । भारतको राष्ट्रपति भवनद्वारा जारी विज्ञप्ति अनुसार संवादका क्रममा राष्ट्रपति पौडेलको नेतृत्वमा भारत–नेपाल द्विपक्षीय सम्बन्ध थप उचाइमा पुग्ने राष्ट्रपति मुर्मूले विश्वास व्यक्त गरेकी थिइन् ।
उनले दुवै राष्ट्रपतिहरुले नेपाल र भारतबीचको विशिष्ट र बहुआयामिक सम्बन्ध रहेको उल्लेख गर्दै द्विपक्षीय सहयोगलाई अझ अगाडि बढाएर दुई देशका जनताबीचको मित्रताको बलियो सम्बन्धलाई थप सुदृढ गर्ने उपायहरूबारे छलफल हुनुपर्ने बताएकी थिइन् । यसअघि नै अमेरिका, चीन, पाकिस्तान लगायत मुलुकहरुबाट पनि पौडेललाई बधाई आइसकेको छ ।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पनि भेटवार्ता भएको छ । राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति भवन शीतलनिवासमा पुगेका थिए । पौडेल राष्ट्रपति निर्वाचित भइसकेपछि उनीहरुबीच पहिलो पल्ट भेट भएको हो । भेटमा उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्रीले लिने विश्वासको मत, र सरकार विस्तार संसदमा लाने विभिन्न विधेयकका विययमा छलफल भएको राष्ट्रपतिको कार्यलयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
आज यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
मंसिर ११, २०८१ मंगलबार
आज काठमाडौं यी स्थानमा बिजुली काटिने
मंसिर ११, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर ११, २०८१ मंगलबार