नेपाल–भारत महिला मैत्री क्रिकेट प्रतियोगिता विराटनगरमा हुने
नेपालबहस संवाददाता
चैत ४, २०७९ शनिबार ११:३९:३७
४ चैत, मोरङ । नेपाल–भारत महिला मैत्री क्रिकेट प्रतियोगिता विराटनगरमा हुने भएको छ । नेपाल क्रिकेट फाउण्डेशनद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मेरीलीवोन क्रिकेट क्लब संयुक्त अधिराज्य, रेड मड कफी र न्यूरो अस्पताल विराटनगरको सहयोगमा विराटनगर–६ स्थित ज्वाला क्रिकेट मैदानमा चैत ४, ५, ६ र ७ गते तीन वटा टि –२० र एउटा ५० ओभरको मैत्रीपूर्ण महिला क्रिकेट खेल प्रतियोगिता हुने जानकारी दिइएको छ ।
फाउण्डेशनका अध्यक्ष अभिषेक श्रेष्ठले प्रतियोगितामा भारतको अल इन्डिया वुमन टि–२० क्रिकेट एशोसिएशन र विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीबीच मैत्रीपूर्ण प्रतियोगिता हुने बताए । भारतीय टीममा विभिन्न राज्यबाट टि–२० खेल्ने खेलाडीको सहभागिता हुने जानकारी उनले दिए । नेपालतर्फबाट अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता रहेका महिला खेलाडी रहने छन् ।
प्रतियोगिताबाट दुई मुलुकबीचको खेल सम्बन्ध विकसित हुनुका साथै नेपालको क्रिकेट खेलको विकासमा सहयोग पुग्ने नेपाली टोलीका कप्तान रुविना क्षेत्रीले बताए । मैत्रीपूर्ण खेलमा उत्कृष्ट ब्याटर, बलर, खेलाडी र किपरलाई पुरस्कृत गरिने छ । नेपालमा क्रिकेटको स्थानीयस्तरमा विकास गर्नका लागि फाउण्डेशनले आगामी दिनमा पुरुष तथा महिलाको प्रयोगिताको आयोजना गर्ने बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
जनकपुरमा एनपीएल विजेता जनकपुर बोल्ट्सलाई भव्य स्वागत, मधेसभर विजय उत्सवको तयारी
पुष १२, २०८१ शुक्रबार
जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको 'ट्रफी परेड'
पुष १२, २०८१ शुक्रबार
एकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार
फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने
पुष १६, २०८१ मंगलबार
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पुष १६, २०८१ मंगलबार
‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने’
पुष १६, २०८१ मंगलबार