सडक पेटीमा मालसमान राख्नेलाई पाँच हजार जरिवाना
नेपालबहस संवाददाता
चैत ४, २०७९ शनिबार २०:२८:५६
४ चैत, दोधारा ‘चाँदनी ‘। कञ्चनपुरको भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजार क्षेत्रका सडक पेटीमा मालसमान राख्नेलाई रु पाँच हजार जरिवाना गर्ने निर्णय गरेको छ ।
नगर कार्यपालिका बैठकबाट सो निर्णय गरेर कार्यान्वयन गर्न नगर प्रहरीलाई निर्देशन दिइएको नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले जानकारी दिए ।
“हामीले कार्यपालिकाबाट निर्णय गरेर कार्यान्वयनका लागि पठाइसकेका छौँ”, उनले भने, “यो सहरलाई सुन्दर र व्यवस्थित बनाउने सबैको दायित्व हो ।” महेन्द्रनगर बजार क्षेत्रका पैदलमार्गमा व्यवसायीले सामान राखेर ओगट्न थालेपछि नगरपालिकाले जरिवाना गर्ने निर्णय गरेको हो ।
बजार क्षेत्रका सडक पेटीमा सामान नराख्न पटकपटक आग्रह गरे पनि व्यवसायीले नमानेपछि जरिवाना गर्ने निर्णय गरिएको हो । त्यसैगरी एशियाली विकास बैंक ९एडिबी० को ऋण सहयोगमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत महेन्द्रनगरमा निर्माणाधीन १४ किलोमिटर ढलसहितको आधुनिक सडकको काम गुणस्तरीय र छिटो सम्पन्न गर्न नगर प्रमुख पदम बोगटीले निर्देशन दिए ।
उनले शुक्रबार सडक निर्माणको जिम्मा पाएका निर्माण व्यवसायी, नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगरका प्रमुख, नेपाल टेलिकम महेन्द्रनगरका प्रमुख, खानेपानीका प्रमुख लगायतसँग छलफल गरेर सडक निर्माणमा देखिएका अवरोध हटाउन निर्देशन दिएका हुन ।
नगर प्रमुख बोगटीले सडक निर्माणमा विद्युत् र टेलिकमका खम्बाले समस्या देखिएको बताए । “हामीले आयुडिपी, निर्माण कम्पनी, विद्युत्, टेलिकम र खानेपानीका प्रमुखलाई बोलाएर छलफल गरेका छौँ”, नगरप्रमुख बोगटीले भने।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहित छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार