प्रधानमन्त्रीको विश्वासको मत र टीआरसी विधेयकबारे गठबन्धनमा एकमत
नेपालबहस संवाददाता
चैत ४, २०७९ आइतबार ०:५६:५१
४ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने १० दलबीच आइतबार संघीय संसद्मा प्रस्तुत हुने संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र प्रधानमन्त्रीले लिने विश्वासको मतका पक्षमा एक भएर अगाडी बढ्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अपराह्न बसेको १० दलका शीर्ष नेताहरुको बैठकले संसदमा प्रस्तुत गर्न लागिएको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्ति छानबिन आयोगसम्बन्धी विधेयकमा एकमतका साथ अगाडी जाने सहमति भएको हो ।
प्रतिनिधिसभामा सोमबार सरकारले विश्वासको मत लिने कार्यक्रम छ । त्यसका लागि पनि १० दल एकै ठाउँमा उभिने सहमति गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ । एमाले, राप्रपालगायत पार्टीले समर्थन फिर्ता लिएपछि प्रचण्डले पुनः विश्वासको मत लिन लागेका हुन् । पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका उनले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए ।
शनिबारको बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शरदसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल, नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत र आमजनता पार्टीका अध्यक्ष प्रभु साहलगायत छन् ।
बैठकमा सत्ता बाँडफाँडबारे विश्वासको मत लिएपछि मात्र छलफल हुने भएको छ । शनिबारको बालुवाटार बैठकमा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदारीबारे विश्वासको मतपछि मात्र छलफलमा प्रवेश गर्ने बताएका हुन् । आजको बैठकमा प्रधानमन्त्रीको विश्वासको मतसँगै सत्ता बाँडफाँडबारे पनि छलफल हुने अपेक्षा गरिएको थियो । विश्वासको मत दलहरुबीच एक मत हुने सहमति बनेसँगै केही दलहरूले आज नै सत्ता साझेदारीको कुरा पनि टंग्याउनुपर्ने कुरा राखेका थिए । तर, प्रधानमन्त्री आफैले विश्वासको मत अघि यी विषयमा छलफल गर्न उपयुक्त नहुने बताएका थिए ।
बैठकमा सहभागी नेपाल समाजवादी पार्टीका नेता महिन्द्रराय यादवले नेपालबहसलाइृ भने, ‘आजको बैठकमा विश्वासको मतबारे मात्र छलफल भयो । विश्वासको मत दिनेबारे सबै दल सहमत भएका छन् । विश्वासको मत सकिएको भोलिपल्टबाट सत्ता सहकार्यबारे छलफल हुन्छ । केही दलले यसलाई आजै टुंगो लगाऔँ भन्ने कुरा उठाएका थिए । तर प्रधानमन्त्रीले विश्वासको मतपछि यसबारे छलफल गर्ने बताउनुभयो । त्यसपछि दलहरूले आ–आफ्नो धारणा राख्ने काम भयो । अनि बैठक सकियो ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार