कलाकार संघको अध्यक्षमा पदमा मोहन निरौला विजयी
नेपालबहस संवाददाता
चैत ५, २०७९ आइतबार १३:५५:८
५ चैत, काठमाडौं । कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन । शनिबार सम्पन्न १९औँ साधारणसभामा उनी कुल खसेको चार सय ६८ मतमा दुई सय ३५ मत प्राप्त गर्दै विजयी भएका हुन ।
उनको निकटतम् प्रतिद्वन्द्वी अभिनेत्री रेजिना उप्रेतीले दुई सय नौ मत प्राप्त गरिन । संघ स्थापना हुँदा नै सदस्यमा रहेका निरौला त्यसपछि कार्यसमितिमा चार कार्यकाल महासचिव र तीन कार्यकाल उपाध्यक्ष रहिसकेका छन ।
“संस्थापक सदस्य भएकाले मेरो लगाव र दायित्व संघप्रति बढ्दो छ । आगामी दिनमा कलाकारले आफ्नो महसुस गर्ने गरी काम गर्नेछु”, नवनिर्वाचित अध्यक्ष निरौलाले भने, “मैले घोषणा गरेका अधिकांश काम गर्नेछु । कलाकारलाई पेसागत सुरक्षाका लागि बढी काम गर्नेछु ।” उपाध्यक्षमा कविता गेलालले एक सय ५१ मत र शिवहरि नेपाल ‘वैरागी’ ले एक सय ४० मत तथा महासचिवमा सविन श्रेष्ठले एक सय १२ मत प्राप्त गरेर विजयी भएका छन।
यस्तै सचिवमा रामेश्वर बुर्लाकोटीले दुई सय २३ मत र कोषाध्यक्षमा सुनिल कटुवालले दुई सय ६० मत प्राप्त गर्दै विजयी हुँदा सहकोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएका छन । सदस्यमा शीतल केसी सर्वाधिक तीन सय दुई मत ल्याएर विजयी भएका छन ।
अन्य सदस्यमा गोपाल ढकाल ‘छन्दे’ ‘दुई सय ८७’, उद्धवप्रसाद भट्टराई ‘दुई सय ११’, पवन केसी ‘दुई सय दुई’, नम्रता खरेल ‘एक सय ८७’, पुकार भट्टराई ‘एक सय ८२’, खुश्बु खड्का ‘एक सय ७७’, सरिता राधोपाध्याय ‘एक सय ४६’, रोशन श्रेष्ठ ‘एक सय ३५’ र समीर लामा ‘एक सय ३३’ मत प्राप्त गरेर विजयी एका छन । झन्डै सात सय सदस्य रहेको सङ्घको निर्वाचनमा चार सय ६८ मतमात्र खसेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुसमा दुई स्वदेशी चलचित्र प्रदर्शन हुने
मंसिर ३०, २०८१ आइतबार
‘फिरफिरे फिरिरी' माघ ४ गतेबाट प्रदर्शनमा आउने
मंसिर ३०, २०८१ आइतबार
चलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
यज्ञप्रसाद भट्टराई
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
मदन भण्डारीको हत्या सम्बधमा वामदेव र ओलीबीच किन चल्दैछ दोहोरी ?
पुष १, २०८१ सोमबार
मुकुण्डो बनाएर बेच्न बसेका कलाकार तामाङ
पुष १, २०८१ सोमबार
अङ्गदान र प्रत्यारोपणसम्बन्धी जानकारी अब अनलाइनबाटै लिनसक्ने
पुष १, २०८१ सोमबार
जतगढीमा आन्तरिक पर्यटक
पुष १, २०८१ सोमबार