आज प्रतिनिधिसभामा दुई विधेयक पेस हुँदै, सत्तापक्षको बेञ्चमा बस्ने कांग्रेसको संकेत
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
चैत ५, २०७९ आइतबार १३:५५:१९
![](https://nepalbahas.prixacdn.net/media/albums/samsad-28-scaled_juPAzBnEzz.jpg)
५ चैत, काठमाडौं । दुई साताभन्दा बढि स्थगित प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ । सभामुख देवराज घिमिरेले दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभको बैठक बोलाएका छन् । आजको बैठकबारे सभामुख शनिबार नै प्रमुख राजीनित दलका मुख्य सचेतकहरुसँग छलफल गरेका थिए । संसद बैठक बस्ने भएपछि सचिवालयले सम्भावित कार्यसूची समेत तयार पारेको छ । जसअनुसार संक्रमणकालीन न्याय र संवैधानिक परिषद्सम्बन्धी विधेयक पेश हुनेछ ।
संवैधानिक परिषद्सम्बन्धी विधेयकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले विरोधको सूचना दिएका छन् भन वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकमा राप्रपाका ज्ञानबहादुर शाही र नेमकिपाका सुवालले विरोधको सूचना दिएका छन् । सुरुमा विरोधको सूचना निर्णयार्थ पेश हुनेछ, त्यसपछि प्रधानमन्त्रीले विधेयक पेश गर्ने प्रस्तावित कार्यसूची छ ।
सभामुख घिमिरेले शनिबार गरेको छालफलमा कांग्रेस, एमाले र माओवादी केन्द्रका प्रमुख सचेतकहरु दुबै विधेयक आज आइतबारकै संसद बैठकमा पेश गर्न सहमत भएका छन् । तर संक्रमणकालीन न्यायसम्बन्धी विधेयक छलफलका लागि संसदीय समितिमा पठाउनुपर्ने एमाले प्रमुख सचेतक गिरीले बताएका छन् । बैठकपछि उनले हतारहतार पारित गरेर जान नहुने भन्दै छलफलका लागि समितिमा पठाउनुपर्ने बताएका छन् ।
कांगेस प्रमुख सचेतक लेखकले पनि यो विधेयक पास गर्नुपर्छ भन्नेमा कसैको विमति नभएको, तर विषयवस्तुमा केही मतहरु रहेको बताए । उनले यसबारे छलफल गरेर टुंगोमा पुग्न सकिने बताएका छन् । संसदको आजको बैठकमा प्रतिनिधिसभा नियमावलीको मस्यौदा समितिको प्रतिवेदन पनि समेत पेश हुनेछ । यता, नेपाली कांग्रेसले संसदको प्रतिपक्षीबाट सत्ता पक्षीय बेञ्चमा सर्ने तयारी गरेको छ । यससँगै आइतबार नै प्रतिनिधिसभाको बैठक बस्ने र संक्रमणकालीन न्याय र संवैधानिक परिषद्सम्बन्धी विधेयक पेश हुने भएको हो ।
माओवादी केन्द्रले राष्ट्रपतिमा समर्थन गर्दै १२ फागुनमै कांग्रेससँग सहकार्य सुरु गरेको थियो भने नेकपा एमालेले १५ फागुनमा समर्थन फिर्ता लिएर सरकार छाडेको थियो । तर कांग्रेस औपचारिक रुपमा सरकारमा नगएकाले संसदको प्रतिपक्षी बेञ्च छाडेन । सरकार छाडेको एमालेले पनि प्रतिपक्षमा बस्ने भएपछि सिट व्यवस्थापनमा समस्या भएकै कारण संसद बैठक बस्न सकेको थिएन । सूचना टाँसेर स्थगित संसद बैठक आज आइतबार १ बजेका लागि बोलाइएको छ ।
कांग्रेसले प्रतिपक्षी बेञ्च नछाडेको र एमालेले प्रतिपक्षी बेञ्चमा बस्ने बताएका कारण के गर्ने भनेर छलफल गर्न सभामुख देवराज घिमिरेले शनिबार प्रमुख दलका प्रमुख सचेतकहरुलाई बोलाएका थिए । सिंहदरबारमा भएको छलफलमा एमाले प्रमुख सचेतक पदम गिरीले आफूहरु प्रमुख प्रतिपक्षी भएको र त्यसअनुसार नै संसदमा सिट व्यवस्थापन हुनुपर्ने बताए ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आज विहान साढे १० बजे दलको बैठक बसेर एउटा धारणा बनाउने भन्दै सिटको विषय समस्या नहुने बताएका थिए । उनका अनुसार आज विहान कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । यो बैठकले सोमबार प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा जाने निर्णय गर्ने तयारी छ । यो निर्णय भएपछि कांग्रेस प्रतिपक्षबाट सत्ता पक्षको बेञ्चमा सर्ने बुझिएको छ । यसो भएमा एमाले प्रमुख प्रतिपक्षी बेञ्चमा बस्नेछ र, सिट व्यवस्थापनको सकस पनि टर्ने देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार