देशभरका अधिकांश क्याम्पमा मतदान जारी, उपत्यकाका सातसहित १३ को स्थगित
नेपालबहस संवाददाता
चैत ५, २०७९ आइतबार १५:३५:३५
५ चैत, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वका लागि मतदान सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा बिहान ८ बजेदेखि मतदान सुरु हुने तय भए पनि केही समय ढिला मतदान सुरु भएको हो । केही कलेजहरूमा भने अझै पनि मतदान सुरु हुन सकेको छैन । मतदान अपराह्न चार बजेसम्म जारी हुनेछ । निर्वाचनलाई लक्षित गरी क्याम्पसहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा आइतबार स्ववियु निर्वाचन हुँदैछ । शनिबार साँझसम्मको विवरणअनुसार आइतबार ४८ आंगिक र ठूलो संख्यामा सम्बन्धनप्राप्त क्याम्पसमा स्ववियु चुनाव हुँदै छ । सबैभन्दा बढी विद्यार्थी रहेको पीएन क्याम्पस र ठाकुरराम बहुमुखीमा निर्वाचन स्थगित छ । देशभरका त्रिभुवन विश्वविद्यालयसहित आंगिक र सम्बन्धन प्राप्त अधिकांश क्याम्पसहरूमा स्ववियु निर्वाचनमा मतदान भइरहेको छ ।
विद्यार्थीको तालाबन्दी र विभिन्न समस्याका कारण भएका केही क्याम्पसहरूमा भने निर्वाचन नहुने भएको छ । आइतबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म स्ववियु निर्वाचनका लागि समय तोकिएको छ । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन गराइरहेको भएपनि आन्तरिक विवादका कारण त्रिविका १३ वटा क्याम्पसमा भने आज स्ववियु निर्वाचन हुन नसकेको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ ।
काठमाडौं उपत्यकाभित्रका ७ र बाहिरका ६ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुन नसकेको समितिको भनाइ छ । काठमाडौंमा २२ आंगिक क्याम्पसहरूमध्ये अस्कल, त्रिचन्द्र, आरआर, विश्वभाषा, मिनभवन, आयुर्वेद कीर्तिपुर र पाटन गरी ७ क्याम्पसमा निर्वाचन स्थगित भएको छ । काठमाडौं उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज लगायतका क्याम्पसमा पनि स्ववियु निर्वाचन हुन सकेको छैन् ।
निर्वाचन समितिका अनुसार ६२ आंगिक क्याम्पसमध्ये ४८ र सामुदायिक क्याम्पसमा निर्वाचनको तयारी गरिएको छ । १३ क्याम्पसमा विवादका कारण स्थगित गरिएको छ । काठमाडौंस्थित पद्मकन्या बहुमुखी क्याम्पसमा निर्वाचनका लागि ५ वटा बुथ निर्माण गरिएको छ । पद्मकन्यामा ५ हजार ६ सय १ मतदाता छ । देशभरका ६२ आंगिक क्याम्पसमा १ लाख ६२ हजार विद्यार्थी मतदाता छन् ।
काठमाडौं उपत्यकाका २२ आंगिक क्याम्पसमा साढे ६६ हजार र उपत्यकाबाहिरका साढे ९५ हजार विद्यार्थी निर्वाचनमा सहभागी हुने गरी मतदाता नामावली सार्वजनिक भएको छ । त्रिविका ५ सय २३ सामुदायिक क्याम्पसमध्ये अधिकांश स्ववियु चयन गर्ने प्रक्रियामा रहेको केन्द्रीय निर्वाचन समितिले बताएको छ । आंगिकमा भन्दा सामुदायिकमा धेरै विद्यार्थी छन् ।
नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत राजनीतिक पार्टी निकटका विद्यार्थी संगठनले प्यानल बनाएर उम्मेदवारी दिएका छन् । त्योबाहेक विद्यार्थीले गैरदलीय रूपमा पनि उम्मेदवारी दिएका छन् । निर्वाचन निर्देशिकामा ११ जना विद्यार्थी मिलेर स्वतन्त्र रूपमा समूह दर्ता गरेर निर्वाचन लड्न पाउने व्यवस्था पहिलो पटक राखिएको छ । प्रत्येक क्याम्पसमा कम्तीमा ११ देखि २१ सदस्यीय स्ववियु कार्यसमिति रहनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल भ्रमण वर्ष २०२५ सफल बनाउने गरी काम गर्न दूतावासलाई परराष्ट्रमन्त्रीको निर्देशन
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
तातोपानी कुण्डमा स्नान गर्दै
मंसिर १४, २०८१ शुक्रबार
अर्जुनधारामा बालाचर्तुदशी मेलाको तयारी पूरा
मंसिर १४, २०८१ शुक्रबार
बागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
शुक्रबार मात्रै किन गरिन्छ लक्ष्मीको पूजा ?
मंसिर १४, २०८१ शुक्रबार